बैंक/ बिमा

राष्ट्र बैंकमा रोजगारीको अवसर, विभिन्न पदमा कर्मचारी माग (सूचनासहित)

नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरु खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

मञ्जुश्री फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मञ्जुश्री फाइनान्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । यस संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस ११ गते, बुधबार बुक क्लोज गर्दैछ ।

१७ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, साेमबार बोलकबोल

आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।

सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी न्यून

सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी वृद्धिदर न्यून देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन (वार्षिक प्रतिवेदन २०७९/८०) अनुसार गत वर्ष कर्जा लगानी १.५ प्रतिशतले मात्रै वृद्धि भएको हो ।

एनआईसी एशियाको नाफामा गिरावट

काठमाडौं । एनआईसी एशिया बैंकको खुद नाफामा ४१.८४ प्रतिशत गिरावट आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफामा भारी गिरावट आएको देखिएको हो । चालु आर्थिक...

‘स्टार्टअप’ का लागि राष्ट्रिय वाणिज्य बैंकले कर्जा दिने, त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालको उपस्थितिमा स्टार्टअप उद्यम कर्जा प्रवाह तथा कर्जा सुरक्षण सम्बन्धमा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता भएको छ ।

जनरल इन्स्योरेन्स एनपीआइमा आवद्ध

सम्झौता पत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृतराम चन्द्र श्रेष्ठ र एनससिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

२३ प्रतिशत कर्जा अनुत्पादक क्षेत्रमा, कसरी गर्ने नियन्त्रण ?

अध्ययन प्रतिवेदनले घररजग्गा, शेयर आदि जस्ता प्रकृतिको क्षेत्रमा हुने कर्जा लगानीले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र तरल सम्पत्ति कायम गर्न सहयोग नपुर्‍याउने प्रतिवेदनमा उल्लेख छ।

पुँजीगत खर्च बढाएर तरलता व्यवस्थापन नगरी ब्याजदर बढाउनु अनुचित

बैंकहरुको आधारदर घटाउनका लागि पहल गर्न पटकपटक लिखित र मौखिक सुझाव दिदा समेत सुनुवाई नभएको प्रति चेम्बरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ।