ग्राहक सेवाको लागि नेपाल बैंकमा अत्याधुनिक कल सेन्टर
सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र सेवा प्रदायक संस्था कलश सर्भिसेसका प्रमुख कार्यकारी अधिकृत रुपेशभक्त श्रेष्ठले संयुक्त रुपमा रिबन काटी कल सेन्टरको उद्घाटन गरे।
ग्लोबल आइएमई बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर, १२ सय ५० बढी महिला लाभान्वित
बैंकले इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभूत स्वास्थ्य चौकीमा १६० भन्दा बढी महिलाहरुको स्वास्थ्य चेकजाँच गरी स्थानीय महिलाहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गरेको हो।
नबिल बैंकका ग्राहकले हेयर एण्ड शान्ति सलुनमा १०% छुट पाउने
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंक मध्ये एक हो । बैंकले देशभर २६७ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ । नबिल बैंकले १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
अर्थमन्त्री र गभर्नर झगडा गरेर बस्ने होइन : अर्थमन्त्री
अर्थमन्त्री वर्षमान पुनले आफू र नेपाल राष्ट्र बैंकका पदाधिकारीबीच प्रतिस्पर्धा नभएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट) २०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले अर्थ मन्त्रालय र राष्ट्र बैंक मिलेर अर्थतन्त्रका समस्या समाधान गरी बजार चलायनमान बनाउनुपर्ने बताएका हुन् ।
अब बैंकहरूले स्थानीय तहको पैसा निक्षेपमा गणना गर्न नपाउने
अब वाणिज्य बैंकहरूले स्थानीय तहमा जाने रकम निक्षेपको रुपमा गणना गर्न नपाउने भएका छन् ।
ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजारमै विदेश भ्रमण गर्न पाउने
ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ।
जेठ महिनाको लागि वाणिज्य बैंकले घटाए ब्याजदर, कुनको कति ?
जेठमा नबिल र एभरेष्टले व्यक्तिगतमा सर्वाधिक ०.५ प्रतिशत बिन्दुले ब्याजदर घटाएको छ । त्यस्तै, एनएमबी, सिटिजन, सिद्धार्थ, सानिमा, प्राइम, राष्ट्रिय वाणिज्य र नेपाल एसबीआई बैंकले पनि निक्षेपको ब्याजदर घटाएका छन् ।
राष्ट्र बैंकले घटायो कर्जाको प्रोभिजन रकम
अब बैंक तथा वित्तीय संस्थाहरूले असल वर्गमा वर्गीकरण भएका कर्जाहरूका लागि १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ । यसअघि १.२५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था थियो ।
बैंक खातामा रेमिट्यान्स पठाए बिना धितो ऋण
काठमाडौं । वैदेशिक रोजगारीमा गएकाले बैंक खातामा रेमिट्यान्स पठाए विनाधिता ऋण सुविधा दिने कार्यक्रम सरकारले ल्याएको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले यो व्यवस्था गरेका हुन ।
रेमिट्यान्सलाई औपचारिक क्षेत्रबाट भित्र्याउन पनि सरकारले...
बंगलादेशको आइएफआइसी बैंकले नबिलको शेयर नबेच्ने, प्रक्रिया स्थगित
बंगलादेशको आइएफआईसी बैंकले आफ्नो स्वामित्वमा रहेको नबिल बैंकको सेयर बिक्री नगर्ने भएको छ ।आइएफआइसीले डेढ वर्ष अघि नबिलको सेयर बिक्री प्रक्रिया सुरु गरेकोमा अहिले स्थगित गर्ने निर्णय गरेको हो ।