बैंक/ बिमा

आइएमईको लाइफको साधारण सभा सम्पन्न, २६.३१ प्रतिशत लाभांश पारित

सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट प्रस्तावित २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१ नगद गरी कुल २६.३१ लाभांश पारित गरेको छ ।

नबिल बैंक र नमस्ते पेविच साझेदारी, एनबैंकबाट नमस्तेमा पैसा लोड गर्न सकिने

नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले नमस्ते पे वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्ने बनाएको छ ।

२३ प्रतिशत कर्जा अनुत्पादक क्षेत्रमा, कसरी गर्ने नियन्त्रण ?

अध्ययन प्रतिवेदनले घररजग्गा, शेयर आदि जस्ता प्रकृतिको क्षेत्रमा हुने कर्जा लगानीले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र तरल सम्पत्ति कायम गर्न सहयोग नपुर्‍याउने प्रतिवेदनमा उल्लेख छ।

पुँजीगत खर्च बढाएर तरलता व्यवस्थापन नगरी ब्याजदर बढाउनु अनुचित

बैंकहरुको आधारदर घटाउनका लागि पहल गर्न पटकपटक लिखित र मौखिक सुझाव दिदा समेत सुनुवाई नभएको प्रति चेम्बरले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

एनसीसी बैंक र नारायणी सामुदयिक अस्पतालबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले चितवनको भरतपुरमा अवस्थित नारायणी सामुदायिक अस्पतालसँग सम्झाैता गरेकाे छ ।

नेपाल लाइफको साधारण सभा सम्पन्न, नयाँ बजारीकरण रणनीतिमा अगाडि बढ्ने

साधारण सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रति सेयर रु.०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब घाटामा

शोधनान्तर स्थिति २ खर्ब ५८ अर्ब ६४ करोडले घाटामा रहेको छ ।

निलम्बन खारेजीको माग गर्दै गभर्नर अधिकारीद्वारा सर्वोच्चमा

नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले निलम्बन खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

शनिवार दुई घण्टाको लागि आरटीजीएस प्रणाली खुला रहने

नेपाल राष्ट्र बैंकले शनिबार दुई घण्टाको लागि आरटीजीएस खुला राख्ने भएको छ ।

निक्षेप संकलन र कर्जा प्रवाह वृद्धिमा नेपाल बैंक पहिलो, निक्षेप २४.३५ प्रतिशत वृद्धि

वैशाख महिनासम्ममा नेपाल बैंकको निक्षेप २४.३५ प्रतिशतले वृद्धि भएको देखिन्छ भने कर्जा विस्तार ३१.९८ प्रतिशतले वृद्धि भएको देखिन्छ। २७ वाणिज्य बैंकहरुमध्य १९ वटा वाणिज्य बैंकहरुको निक्षेप वृद्धि भएको छ भने ८ वटा वाणिज्य बैंकहरुको निक्षेपमा गिरावट भएको देखिन्छ।