बैंक/ बिमा

ग्लोबल आइएमई बैंकको सम्पूर्ण कारोबार बन्द, एटीएम कार्ड नचल्ने

काठमाडौं, १८ मंसिर । ग्लोबल आइएमई बैंकले यहि मंसिर १९ गते बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने जानकारी गराएको छ । जनता बैंकलाई गाभेर मंसिर २० गतेबाट एकीकृत कारोबार थाल्न लागेको बैंकले दुवै बैंकको सिस्टम...

१० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

बैंकले १० करोड बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको विज्ञप्तीमा जनाएको छ । उक्त बिल आगामी फागुन १३ गते परिपक्व हुनेछ । बैंकले यसअघि पनि रु ९५ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

घर कर्जा खुकुलो, ऋण सापटी ल्याउन सीमा बढ्यो

यसअघि ५० प्रतिशतमात्र यस्तो कर्जा दिने व्यवस्था थियो । राष्ट्र बैंकले यस अघि घर कर्जामा कस्दा कर्जा लिएर घर निर्माण तथा खदिर गर्ने ग्राहकलाई अप्ठ्यारो परेको थियो ।

अत्यावश्यक बैंकिङ सेवा खुल्दै, ठूला पसललाई खाद्यवस्तु डेलिभरी गर्न आग्रह

बुधबार बसेको कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समितिले अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सुचारु गर्ने निर्णय गरेको हो ।

पुनरकर्जाको लागि पुन:आवेदन माग, यी हुन पुनरकर्जा पाउने उद्यम व्यवसाय

राष्ट्र बैंक बैंकले इजाजतपत्र प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई एकमूष्ट रूपमा प्रदान हुने पुनरकर्जा माघ १६ गतेसम्म एकमुष्ट पुनरकर्जाका लागि आवेदन दिन सक्नेछन् ।

कोरोना बीमावापत ३ अर्ब ६७ करोड भुक्तानी, ४३० दावीका आवेदन अयोग्य

३ हजार ४ सय ३६ जनाको फाइल कागजात नपुगेको भन्दै सम्बन्धित कम्पनीमै फिर्ता पठाएको समितिले जनाएको छ । फिर्ता पठाइएका फाइलहरुको आवश्यक कागजात पुरा गरेर पुनः पेश गर्न भनिएको छ ।

आई पे डिजिटल वालेटलाई राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको अनुमति

बैंकले भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७२ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कार्यको लागि भुक्तानी सेवा प्रदायकको अनुमति दिएको हो ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत लाभांश पारित

सभाले शेयरधनीलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दशैंमा विभिन्न डिजिटल कारोबारहरुमा छुटैछुट

यो योजना असोज २८ गते अर्थात घटस्थापनाको दिन देखि कात्र्तिक ७ गते अर्थात बडा दशैं (दशमी) को दिनसम्म साँझ ५ बजेदेखि बेलुका ८ बजेसम्म लागू हुनेछ ।

दिनेश प्रकाश शर्मा पौड्याल सीआईआई वेलायतका सदभावना दूत

काठमाडौं, ५ चैत । दिनेश प्रकाश शर्मा पौड्यालयलाई बेलायतको चार्टड इन्स्योरेन्स इन्स्टिट्युट (सीआईआई)ले सद्भावना दुतका रुपमा नियूक्त गरेको छ । चार्टड इन्स्योरेन्सका प्राक्टिसनर समेत रहेका पौड्यालय बीमा, पूनर्बीमा, जोखिम व्यवस्थापन र व्यवस्थापन क्षेत्रमा बरिष्ठ...