नेपाल बैंक ‘ए’ रेटिङमा, बैंकको कर्जा जोखिम न्यून
विश्वमै ख्यातिप्राप्त मुडिज्को स्टान्डर्डबमोजिम रेटिङ कार्य गर्ने नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडद्वारा देशकै पहिलो बैंक नेपाल बैक लिमिटेड लाई ‘ए’ स्तरको रेटिङ कायम गरिएको छ। यससँगै बैंकको कर्जा जोखिम न्यून रहेको बुझिन्छ ।
एसबीआई बैंकका कार्डबाहकलाई सोल्टीमा १० प्रतिशत छुट
नेपाल एसबीआई बैंकका ग्राहकले सोल्टी होटलहरुमा १० प्रतिशत छुट पाउने भएका छन् ।
ग्लोबल आईएमई बैंकको सिइओमा रत्नराज बज्राचार्य नियुक्त
बज्राचार्य दोस्रो पटक ग्लोबल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । पहिलो पटक ग्लोबल बैंकको नेतृत्व सम्हाल्दा पूरा कार्यकाल विताएका थिए ।
एनआईसीको ‘डिजिटल ग्राहक सहायता केन्द्र’, समस्या भए यी नम्बरमा फोन गर्नुस्
यस परिस्थितिका बीच बैंकले आफ्ना सेवा सम्बन्धी जानकारी दिन, गुनासो सुन्न एवं ग्राहक महानुभावहरूको बैंकिङ्ग आवश्यकतालाई हरसम्भव सम्बोधन गर्नका निम्ति केन्द्र एवं प्रदेशस्तरमा ‘डिजिटल ग्राहक सहायता केन्द्र’ को व्यवस्था गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गर्यो ५१ प्रतिशत लाभांश
कम्पनीले एक विवरण सार्वजनिक गर्दै १ करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता बराबरको शेयर लाभांश र रु. १ अर्ब ९ करोड ९१ लाख ४९ हजार ७ सय १९ बराबरको नगद लाभांश दिने प्रस्ताव गरेको जनाएको हो।
१४ हजारले पाए कोरोना बीमा भुक्तानी, ७२ जनाले नपाउने
बीमा समितिको तथ्याङ्क अनुसार मंगलबारसम्म २६ हजार ५ सय ९७ जनाको दाबी माग गरिएकोमा १४ हजार १८४ जनाले भुक्तानी पाएका छन् ।
युनाइटेड फाइनान्स नविल बैंकमा गाभिने
नबिल बैंकको केन्द्रिय कार्यालयमा आयोजीत एक समारोहका बीच नबिल बैंकको तर्फबाट मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेड फाइनान्सका तर्फबाट मर्जर कमिटी सदस्य मनिष खेम्काले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
जीवन बीमा कम्पनीः कुनले कति आर्जन गरे बीमा शुल्क ?
जीवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनीहरुले विभिन्न शीर्षकमा बीमा गराउँदै आएका छन् । नेपालमा हाल सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीहरुले आ-आफ्ना भिन्नै खालका बीमा योजनाहरु बिक्री गर्दै आईरहेका छन् ।
खुलामुखी सामुहिक लगानी योजनालाई पहिलो पटक अनुमति
काठमाडौं, १५ बैशाख । नेपालमा पहिलोपटक खुलामुखी सामुहिक लगानी योजना (ओपन इण्डेड म्युचुअल फण्ड योजना)ले अनुमति पाएको छ ।
सरकारको नीति तथा कार्यक्रमअनुरुप नेपाल धितोपत्र बोर्डले सञ्चालन अनुमति दिए पछि ओपन इण्डेड म्युचुअल फण्डको कारोबार...
यस्तो छ आज डलरदेखि रियालसम्मको भाउ, डलरको भाउ बढ्यो
विश्व अर्थतन्त्रमा कोरोना भाईरसको प्रभाव परिरहेको सन्दर्भमा विदेशी मुद्राको भाउ पनि बढ्न थालेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरको अनुसार आज अमेरिकी डलरको भाउमा वृद्धि भएको छ ।