नबिल बैंकको खुद नाफा ८.९१ प्रतिशत घट्यो, प्रतिशेयर आम्दानी कति ?
नबिल बैंकको खुद नाफा ८.९१ प्रतिशतले घटेको छ । बैंकले मंगलबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ३२ करोड रुपैयाँ घटेको छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५% छुट पाउने
समझदारी अनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन ।
एनआइसी एसिया बैंक २६औं वर्षमा प्रवेश
यस्तै ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकाय, कर्मचारीहरूलगायत सम्पूर्ण सरोकारवालाहरूप्रति बैंकले आभार व्यक्त गरेको छ ।
ग्लोबल आईएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच सम्झौता
ग्लोबल आईएमई बैंक लिमिटेड, राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडबीच सहकारीहरुका लागि सहकारी पहिचान सहितको ‘कुप कार्ड’ जारी गर्नेसम्बन्धी त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ।
कर्जा विस्तारमा बैंकहरु आक्रामक, निक्षेप संकलन घट्यो
बैशाख महिनाको पहिलो सातामा मात्रै बाणिज्य बैंकहरुले १८ अर्बले कर्जा विस्तार गरेका छन् । जवकी यहि सातामा ५ अर्बले मात्रै निक्षेप बढेको छ ।
समीट लघुवित्तको लाभांश घोषणा, बोनस कति ?
लघुवित्तको सञ्चालक समितिको मंसिर १३ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खोल्न राष्ट्र बैंकको निर्देशन
सूचना जारी गर्दै असार २७ गते शनिबार र त्यसपछि सार्वजनिक बिदा परेमा राजस्व बुझ्ने ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु खोल्न निर्देशन दिएको हो।
ग्लोबल आइएमई बैंकमा एलसी तथा बैंक ग्यारेन्टी अब अनलाइनबाटै
यो प्रणाली २०७९ भाद्र महिनाबाट लागू भएको छ । यससम्बन्धी कुनै समस्या परेमा ग्राहकहरूले बैंकको केन्द्रीय ट्रेड सञ्चालन विभाग, ट्रेड प्रवद्र्धन विभाग, डिजिटल बैंकिङ विभाग वा सम्बन्धित शाखामा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ ।
विदेशमा ऋण लिन चाहनेले नेपाली बैंकको ग्यारेण्टी पाउने
नेपाल राष्ट्र बैंकले विदेशमा ऋण चाहनेका लागि नेपाली बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न पाउने व्यवस्था गरेको छ ।
एक सातामा वाणिज्य बैंकहरूमा थपियो ८ अर्ब १८ करोड निक्षेप, सीडी रेसियो ८६.९६ प्रतिशत
नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुमा एक साताको अवधिमा ८ अर्ब १८ करोड रुपैयाँ निक्षेप बढेको छ । गत असोज २१ गते ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप रहेकोमा ८ अर्ब रुपैयाँ बढेर असोज २८ गतेसम्म ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ ।