‘१५ दिनभित्र बक्यौता रकम नबुझाए फेरी लाइन काट्छौ’ : कुलमान
'बक्यौता रकम नउठेमा नेपाल सरकार तथा उर्जा मन्त्रालयले पनि विद्युत बक्यौता उठाउने काममा अघि बढ्छ भन्ने कुरामा विश्वस्थ छु' उनले भने ।
ठूला उद्योगहरु फेरि लोडसेडिङमा फर्किँदै, रातको समयमा बिजुली नपाउने
उद्योगहरुले दिउँसोको समयमा बिजुली पाए पनि रातीमा कटौती हुन थालेको छ । प्राधिकरणले बुधबारदेखि औद्योगिक क्षेत्रमा घोषित रुपमै लोडसेडिङ गर्ने तयारी गरेको छ ।
यी स्थानमा आज ५ देखि ९ घन्टासम्म विद्युत् अवरूद्ध हुने
मातातिर्थ फिडर अन्तर्गत पर्ने दाउरा डिपो, महादेवस्थान, चेकपोष्ट, आयल निगम, गोदाम, थानकोट, त्रिभुवन पार्क, खरिबोट, नागढुंगा, पिपलामोड, बसुन्डोल, इन्द्रथान, टोटीटोल, सिरानचौर, महेश फाट, कुखुरेचौर र झाँगाझिँटीमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत लाइन अवरूद्ध हुनेछ।
कर्णाली प्रदेशका ३ नगरपालिका र ३३ गाउँपालिका विद्युतको पहुँच बाहिर
कर्णाली प्रदेशका ३ नगरपालिका र ३३ गाउँपालिका विद्युत् सेवा पुग्न सकेको छैन । ती स्थानमा पनि छिट्टै केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ ।
भैरहवा र पोखराबाट उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवालाई कम मूल्यमा इन्धन बिक्रि,...
भैरहवा र पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरुलाई लक्षित गरी नेपाल आयल निगमले मूल्य घटाएको छ । निगमका अनुसार अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न भैरहवामा प्रतिकिलोलिटर इन्धनको मूल्य ७६९ अमेरिकी डलर र पोखरामा प्रतिकिलोलिटर ७८४ मा झारिएको छ ।
बढ्यो इन्धनको मूल्य, खाना पकाउने ग्यास ५० रुपैयाँ मंहगो
नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार मूल्य बढाएको हो ।
नेपालबाट शुक्रबार ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुने
भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) ले नेपाललाई बंगलादेशमा विद्युत् निर्यात गर्न अनुमति दिएको छ । भारतको अनुमतिसँगै शुक्रबारदेखि नेपालको बिजुली बंगलादेशमा निर्यात हुनेछ ।
काबेली बी १ बाट ८ महिनापछि पुनः विद्युत् उत्पादन सुरू
काबेली बी–१ जलविद्युत आयोजनाबाट पुनः विद्युत् उत्पादन सुरु भएको छ । अरुण काबेली पावरले सञ्चालन गरिरहेको २५ मेगावाटको उक्त आयोजनाबाट ८ महिनापछि आजदेखि फेरि बिजुली उत्पादन सुरु भएको हो ।
पाँच हजार ७६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना अध्ययनमा
विभागले एक हजार सात सय २० मेगावाट क्षमताको खिम्ती ठोसे शिवालय जलविद्युत् आयोजनाको अध्ययन गरिरहेको छ । सो आयोजना रामेछाप र दोलखा भएर बहने खिम्ती नदीमा निर्माण हुनेछ । पर्वत र बाग्लुङको सिमाना भएर बहने कालीगण्डकी नदीमा निर्माण हुने आठ सय ४४ मेगावाट क्षमताको कालीगण्डकी बहुउद्देश्यीय आयोजनाको पनि अध्ययन जारी छ ।
विद्युत् प्राधिकरणले ६ महिनामै कमायो १२ अर्ब नाफा, वार्षिक १५...
प्राधिकरणको अपरिष्कृत वित्तीय विवरण अनुसार चुहावट नियन्त्रण, भारतर्फ निर्यातको परिमाणमा भएको वृद्धि, आयातमा कमी, बिक्रीमा वृद्धिका कारण नाफा आर्जन गर्न सफल भएको हो ।