पीएसजीको जितमा एम्बाप्पेको ह्याट्रिक

एजेन्सी । फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेको ह्याट्रिकप्रेरित पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिग वानमा मोन्टपेलिअरलाई पराजित गरेको छ।

मोसन स्टेडियममा आइतबार राति समपन्न खेलमा पीएसजीले घरेलु टोली मोन्टपेलिअर ६-२ गोल अन्तरले पराजित गरेको हो। पीएसजीको जितमा एम्बाप्पेले ह्याट्रिक गरे।

एम्बाप्पेले २२, ५० र ६३औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । भिटिन्हा, ली कान इन र नुनो मेन्डिसले १/१ गोल गरे। जितसँगै पीएसजीले २७ मा ५९ अंक बनाएको छ। दोस्रो स्थानको ब्रेष्टको ४७ अंक छ । पराजित मोन्टपेलिअर भने २६ अंकसहित १४औँ स्थानमा छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here