तपाईको बालबालिकाले दैनिक ४ घण्टा मोवाइल टिभीमा बिताउँछन् ?

काठमाडौं । तपाईको घरमा बच्चा १४ बर्षभन्दा सानो छ भने यो विषय तपाँइले सजिलै बझ्न सक्नुहुन्छ । हालै गरिएको एक सर्भेका अनुसार जेन अल्फा अर्थात २०१० भन्दा पछि जन्मिएका बच्चा अर्थात १४ बर्षसम्मका बालबालिकाले दिनमा ४ भन्दा बढी घण्टा सामाजिक सञ्जालमा बिताउँछन् ।

मर्निङ कन्सल्ट रिसर्चले गरेको सर्भेमा जेन अल्फाका ५४ प्रतिशत अविभाबकले यस्तो बताएका थिए । अन्य जेनेरेसनको तुलनामा जेन अल्फा डिजिटल गतिविधिहरुको बढी संलग्न भएको पाइएको छ ।

जेन जी अर्थात १९९७ पछी २०१० भित्र जन्मिएका हरुको तुलनामा यो संख्या बढी हो । आमा वुवा जागिर वा कुनै व्यवसायमा व्यस्त हुने भएकोले आफ्ना छोराछोरीलाई चाहेर पनि मोवाइल तथा टिभीबाट टाढा राख्न नसकेको अवस्था छ ।

यसले गर्दा बच्चाहरुमा आँखाको समस्या त छदै छ समाजमा घुलमिल हुने क्रम पनि घट्दै गएको देखिन्छ । विशेषगरी सहरी क्षेत्रका बालबालिकामा यस्तो समस्या देखिएको हो । केही बिशेषज्ञहरुलेत धेरै स्क्रिन समयले भाषा विकासमा गम्भीर परिणामहरू ल्याउन सक्ने चेतावनी दिएका छन् ।

बच्चाहरुले आफ्ना आमाबुवासँग गफ गर्ने भन्दा पनि मोवाइल टिभी हेर्न रुचाउने हुँदा उनीहरुमा भाषको समस्या देखिने डर हुन्छ । अध्ययनले भिडियो स्ट्रिमिङ अल्फा बच्चाहरूको लागि आदर्श बनेको देखाएको छ । उनीहरु त्यही संसारमा रमिरहेका हुन्छन् ।

त्यहाँ देखाइको लाइफस्टाइल र आफ्नो फरक पाउँदा कतिपय बच्चा त मानसिक रुपमा विक्षिप्त भएका उदाहरणहरु हाम्रो वरिपरि प्रसस्त देख्न सकिन्छ ।

जनरल अल्फा बालबालिकाका लगभग आधा अभिभावकले आफ्नो बच्चाले दिनमा कम्तिमा एक पटक भिडियो स्ट्रिमिङ प्लेटफर्ममा सामग्री हेर्ने गरेको बताएका छन्, जबकि ४० प्रतिशतले पुस्तक पढ्न र ३७ प्रतिशतले भिडियो गेम खेल्नका लागि प्रयोग गर्छन् । सबैभन्दा लोकप्रिय भिडियो स्ट्रिमिङ प्लेटफर्महरूमा यूट्यूब, डिज्नी प्लस र नेटफ्लिक्स समावेश छन्।

त्यसो त कतिपय कार्यक्रमहरुले बच्चालाई खेल्दै सिकाउदै गर्ने पनि गर्छन् । जसले बच्चाको बौद्धिक विकासमा सहयोग पुग्छ । तर यस्ता कार्यक्रमहरुको पनि सकेसम्म कम समय देखाएर बच्चालाई आफूसँग घुलमिल गराउनपर्ने विशेषज्ञहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here