झोलुंगे पुलमा फसेकामध्ये पाँच खच्चडलाई नदीमा खसालेर गरियो उद्धार

काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलमा आइतबार बिहान फसेका खच्चडहरूको उद्धार कार्य जारी छ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीय बासिन्दाको समेत सहयोगमा पुलमा फसेका खच्चड उद्धार गरिरहेका छन्।

हालसम्म चार वटा खच्चरलाई नदीमा खसालिएको छ। नदीमा एउटा डुंगा राखिएको छ। उद्धार गरिएको खच्चरहरूको उपचारका लागि मेडिकल टिम बोलाइएको जनाइएको छ । कतिपय खच्चर जाली काटेर खसाले पनि बगरमा पर्ने भएकाले त्यसको लागि अर्को विकल्प खोजिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here