दक्षिण एसियाली खेलकुद महाकुम्भ ‘साग’ को चक्रब्युह

दीपक लामा

दक्षिण एसियाली राष्ट्रको ओलम्पिक मानिने दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता सुरु हुन करिब २४ दिन बाँकी छ ।

नेपालको अयोजनामा १३ औं साग डिसेम्बर १ देखि १० (मंसिर १५ देखि २४ गतेसम्म) गतेसम्म सञ्चालन हुनेछ । नियमित कार्यतालिका अनुसार १३ औं दक्षिण एसियाली खेलकुद (साग) सन् २०१८ मै आयोजना हुनुपर्ने थियो ।

भूकम्पपछिको पुनर्निर्माण प्रक्रियाले गति नलिएपछि सन् २०१९ को मार्चमा आयोजना गर्न मिति तोकियो । फेरि पूर्वाधारलाई नै कारण देखाउँदै प्रतियोगिता डिसेम्बरमा धकेलिन पुगेको थियो ।

यस खेललाई मध्येनजर गर्दै विभिन्न खेलहरुकोे प्रशिक्षण देश विदेशमा भैरहेको छ । हतारोको बेलामा चटारो गर्ने बानी अभ्यस्त भईसकेको हामी ढुक्क अवस्थामा छौं ।

सन २०१९ को मार्च ९ देखी १८ सम्म हुने भनिएता पनिप्रयाप्त समय अपुग र भौतिक पूर्वधारको कारण देखाउँदै सन् २०१९ मा हुने भनि १ मार्च २०१९ मा थाइल्यान्डको बैंककमा दक्षिण एशियली ओलम्पिक काउन्सिलको बैठकले निर्णय गरेको थियो ।

साग खेलमा आठवर्ष पछि क्रीकेट खेलको पुनारगमन तथा गल्फ र कराते खेलको आयोजक राष्ट्रको इच्छाले कुल २७ खेलको संगमस्थल काठमाडौं, पोखरा र नेपालगन्जमा हुँदैछ ।

पक्कै पनि आयोजक हुनु र खेलहरुको सहभागीता को लागि तयारी गराउनु सजिलो कार्य होइन, दक्षिण एशियली राष्ट्र जहाँ राजनैतीक अस्तिथरताको दलदलबाट बामे सर्दै गरेको अवस्था, बिनासकारी भुकम्पको असरका बाबजुद पनि खेल आयोजना गर्न लागि पर्नु साच्चै नै सकारात्मक पक्ष हो ।

सिधा भाषामा भन्नु पर्दा यो एक देशको प्रतिष्ठासँग जोडिएको गर्व गर्न लायक विषय हो । , तर राज्यको चाहना हुँदाहुँदै पनि अन्य सम्बन्धित निकाय निकम्मा र कार्यकारिणी अदुर्दर्शियता र व्यक्तिगत इगो र स्वार्थका कारण आगामी साग वास्तवमा नै चक्रब्युहमा रूमलिएको अवस्थामा छ ।

अगष्टबाट मात्र केही ता तातो अनुभव भएको खेलकुद क्षेत्र निश्चित मात्र चलेको हुनाले यसले द्रुतगती लिन नसकेको हो । कार्यकारिणी अधिकार सहितको दण्ड हातमा लिएका सदस्य सचिब दोबाटोमै रुमलिएका छन् ।

एउटाले यो भन्यो यही सहि , त्यो भन्यो तेही सहि, उ भन्यो उही सहि र गन्तब्य बिहिन अवस्थामा रहेका छन् भने आफ्नै भन्नेले र भनाउँदाका दह्रो शिकार भएका छन् । खेलकुदको कर्मचारी प्रशासन र प्राविधिक कर्मचारीको अध्ययन नहुनुका साथै खेल संघहरुको बीचमा समन्वय नहुनु र आयोजकले गर्नुपर्ने फितलो तयारी अवस्थाबाट नेतृत्वको मुल्याङ्कन भैसकेको छ ।

हामी क्लब स्तरिय तथा कुनै राष्ट्रिय प्रतियोगिता वा साधारण महोत्सब मात्र गर्न गईरहेका छैनौ आठ राष्ट्रहरुका बीचमा हुने दक्षिण एशियाली खेलकुद महाकुम्भ गर्न गैरहेका छौं ।

हामी आयोजक हौ आयोजकले गर्नुपर्ने व्यवस्थापकिय जिम्मेवारी के-के पुरा गर्‍योँ त भन्ने जवाफ आजका दिनसम्म न तयारी समिती न त मन्त्रालय न त ओलम्पिक कमिटीले दिन सक्ने हिम्मत राख्दछ ।

जवाफका लागि कुनै पनि निकाय नजावफ रहनु साग खेलकुदको पूर्ण जवाफदेहिता मन्त्रालय , परिषद र नेपाल ओलम्पिक कमिटी सँगको सहकार्यता आपसमा सहकार्यता नभएको आभास झल्किन्छ ।

जम्मा जम्मी २४ दिन बाँकी रहंदासम्म सबै खेलसंघहरु लाई कुनै जानकारी नहुनु , सम्बन्धित खेलहरुको आवश्यक सामाग्री नहुनु र प्रकृया नगर्नू , कतिपय खेलहरुको प्रशिक्षक ब्यवस्था हुन नसक्नु , बैदेशिक प्रशिक्षणको नाममा अहिले सम्म बिदेश पठाइरहनु अव्यवस्थाको चरम लापरकाही हो ।

कम्तिमा वैदेशिक प्रशिक्षणको लागि देश मात्र छोड्नु ठुलो कुरो होइन त्यसको भौगोलिकता , बसोबास, खानपिन र दैनिक प्रशिक्षण तालिका सहितको मास्टर प्लान कुनै पनि टिमले सम्बन्धित निकायमा वा बिशेषज्ञसँगको सुझाव पनि वास्ता नगरेको पाइएकोले गर्दा त्यो केबल देश फेर्ने कार्य भन्दा फरक नपर्ला ।

नेपाल भित्रै बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमा जन्डिसको लक्षण देखापर्नु, खेलाडीहरुमा उचित रुपमा खेल अनुसारको खुराक व्यवस्था नहुनु भनेको अधोगतिको पथमा हिंड्नु सिवाय केही होइन ।

त्रिपक्षीय भूमरी

सदस्य सचिवको कार्यकारिणी अधिकार र कर्मचारीहरुको टोली,ओलम्पिक कमिटी र कर्मचारीको टोली तथा मन्त्री र कर्मचारीको टोलीबीचको त्रिपक्षीय लडाई नै सागको अनिश्चितताको शंका उत्पन्न को मुल श्रोत हो ।

५००० हजार भन्दा बढी खेलाडी र १५०० भन्दा बढी अफिसियलबीच जमघट हुने प्रतियोगितमा आवास, खेल स्थल तोकिएको ठाउँको बस्तुपरक अध्ययन म पटक्कै ध्यान नदिएको र पटक पटक मन्त्री र सदस्य सचिव बीचको भेटघाट, प्रतियोगिता गराउने अवस्था छ कि छैन भन्ने तर्फ ध्यान नगएकोले शंका गर्ने प्रसस्त ठाउँ छ ।

आगामी डिसेम्बर (१-१०, डिसेम्बर २०१९) मा साग हुन्छ कि हुँदैन ?

टिम दर्ता नेपाल ओलम्पिक कमिटी ,पूर्वधार तयारी राखेप तथा आर्थिक निकासा राखेप र सरकारबीचको दुरी देखिएको अवस्था छ । सबै तयारी गरे तर मन्त्रालयबाट समयमा बजेट पहल भएन अर्थात ओलम्पिक कमिटीवाट समन्व्यन भएन भनेर सदस्य सचिव उम्कन पाउने छैनन् ।

मैले सबै गरे तर राखेप र कर्मचारीवाट उचित कार्य भएन भनेर मन्त्रालय पन्छिन पाउनेछैन् र यो आयोजना र खेलतयारी सबै राज्यको जिम्मेवारि भित्र पर्छ भनेर ओलम्पिक कमिटी भाग्न पाउने छैन् ।

अर्थात भारत र पाकिस्तानबीचको असम्झदारीको करण ले यो साग भएन भन्न पाइदैन सम्बन्धित सबै निकाय हरु उम्कन मात्र खोजेको आभास जन मानसमा परेको देखिन्छ ।

भलै प्रतियोगिता सम्पन्न होला नहोला पानी माथिको ओभानो बन्न खोजेको खण्डमा समस्त खेलजगत त्यसमाथि रगत छादेर पसिना बगाइ रहेका स्वयम् सेवक खेलाडीहरुले कस्तो खालको प्रतिक्रिया देलान् समयमा नै सबै एक जुट भएमा साग तोकिएकै समयमा हुने कुराको शंका नरहला ।

(लेखक नेपाल उसु महासंघका उपाध्यक्ष हुन् । )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here