विद्युत आपूर्ति बन्द हुँदा २६ जनाको मृत्यु, के विद्युत बिना सम्भव छैन् मानव जीवन शैली ?

काठमाडौं,२० मंसिर । उर्जाको प्रमुख स्रोतहरु मध्य एक महत्वपूर्ण तत्व हो विद्युत । प्राकृतिक रुपमा रहेका विभिन्न शक्तिहरुलाई एकिकृत गरि यान्त्रिक विधिबाट विद्युत निर्माण गरिन्छ ।

मानव सभ्यताको प्रारम्भदेखि नै मानिसहरूले जलश्रोतको महत्व तथा आवश्यकतालाई राम्रैसँग बुझेपनि त्यसको सदुपयोग गर्न भने सकेका थिएनन् ।

मानिसको चेतनाको विकास र समयको परिवर्तनसँगै जलश्रोतको उपयोगिताका नयाँ नयाँ विधि तथा तरिकाहरूको विकास हुँदै स्थानीय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरमै वैज्ञानिक प्रविधिहरूले उल्लेख्य फड्को मार्दै आइरहेका छन् ।

अहिलेको २१ औँ शताब्दीमा पनि यस कार्यले निरन्तरता पाइरहेको छ । देशलाई औद्योगिकीकरण, व्यवसायिक कृषिमुलक, रोजगारीमूलक, खनिज तेलको परनिर्भरतामा न्यूनीकरण गर्न लगायतका क्षेत्रहरूमा विद्युतको नै महत्वपूर्ण भूमिका रहने गरेको छ ।

मानव विद्युतबिना बाच्न कहिन हुने अवस्थामा पुगि सकेका छन् । घरको विद्युत बन्द भयो भने घरको सारा काम नै ठप्प हुन्छ । हामीलाई लाग्छ जीवन नै रोकियो ।

एकपटक सोच्नुहोस् त सम्पुर्ण देशको विद्युत सेवा ५ दिनको लागि रोकियो भने अवस्था के होला ? यसको ताजा उदाहरण तेलको राजधानी भनेर चिनिने दक्षिण अमेरिकी राष्ट्र भेनेजुयला देखियो ।

भेनेजुयलामा यसै वर्षको मार्च महिनामा देशभरको विद्युत सेवा एकैपटक बन्द भयो । सम्पूर्ण देश नै अन्धकारमय बन्यो । अचानक भएको यो घटनाको लागि सरकार समक्ष कुनै पूर्व तयारी थिएन् । जब विद्युत सेवा बन्द भयो सारा देशभर हाहाकार नै मच्चियो ।

सबैभन्दा धेरै समस्या अस्पतालमा देखियो । इमरजेन्सिमा प्रयोग गर्नको लागि राखिएको जेनेरेटर वा पावर बैंक थियो त्यो पनि सकियो । डाक्टरहरुले मोवाईलको बत्ति बालेर विरामीको उपचार गरे । जो विरामी भेन्टिलेटरमा थिए उनीहरुलाई हातको पम्पबाट अक्सिजन दिने प्रयास गरियो ।

आईसीयूको सबै सेवा बन्द थियो, विरामीहरुमा समस्या बढ्दै थियो, उनीहरु चिच्याउँदै थिए, डाक्टरहरु लाचार बनेर हेरिरहेका थिए । डाक्टरहरुकै आँखा अगाडी उनीहरुले आफ्नो प्राण त्यागे । ५ दिनसम्म भेनेजुयलको हालत त्यस्तै रह्यो । ५ दिनसम्म देशमा विद्युत सेवा बन्द हुँदा २६ जनाले आफ्नो ज्यान गुमाए ।

मृत्यु बनेर आयो भेनेजुयलामा ब्ल्याकआउट

विद्युत सेवा बन्द भएको अवस्थामा तथ्यांक सङ्कलन गर्ने एक डाक्टरले भन्छन् । ‘त्यो समयमा जति मानिसहरुको मृत्यु भयो त्यसमा सबैभन्दा धेरै मानिसहरु डायलिसिसमा थिए । यदी विद्युत हुन्थ्यो र मेशिन चल्थ्यो भने ति सबै विरामीलाई बचाउन सकिन्थ्यो ।’

विद्युत आपूर्ति बन्द हुँदा अस्पतालमा मात्रै नभएर ठूला ठूला बिल्डीङमा बस्ने मानिसहरुमा पनि असर पर्‍यो । लिफ्ट सबै बन्द भए त्यसको असर सबैभन्दा धेरै वृद्धवृद्धामा पर्‍यो, फ्रिज बन्द भयो धेरै खानेकुराहरु बिग्रियो, मोवाईल, कम्प्यूटर सबैको ब्यट्रि सकियो, सम्पर्क नै टुट्ने खतरा बढ्न थाल्यो ।

कसैले कसैको खबर लिन पाएन् । ट्राफिक लाईट बन्द भयो, ठाउँठाउँमा ठूला ठूला जाम भए । सडकमा हाहाकार मच्चिन थाल्यो । पानी जम्मा गर्नको लागि मोटर चलेन, मानिसहरु झरना तथा नदीबाट पानी ल्याउन थाले । सन् २०१९ मा भनेजूयलाले विद्युत कटौती हुने समस्या बारम्बार झेल्नु पर्‍यो ।

देशमा विद्युत सेवा बारम्बार बन्द हुनुमा पुराना बिजुलीका ग्रिड सबैभन्दा धेरै जिम्मेवार भएको बताईएको छ । लामो समयसम्म मर्मत नगरी प्रयोग गरिएका यस्ता सामग्रीको कारण यस्तो समस्या आएको थियो ।

यस्तै समस्या नेपालमा देखिए के होला ?

हुन् त विद्युत सेवा बन्द हुँदा हाम्रो जीवन अन्धकार नै हुन्छ भन्ने छैन् । तरपनि लोडसेडिङलाई भुलिसकेका हामी नेपालीको लागि केही मात्रामा समस्या भने हुन्छ ।

घरका दैनिक कामहरु, इन्टरनेट, टेलिभिजन, मोवाईलको प्रयोग जस्ता विषयमा समस्या देखिन्छ । भेनेजूयलामा जस्तो अस्पतालमा समस्या देखिने अवस्था नेपाले पार गरि सकेको छ । पछिल्लो समय नेपाल उर्जाक्षेत्रमा फड्को मारिसकेको छ । (बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here