स्वर्ण पदक विजेतालाई ९ लाख दिने प्रधानमन्त्रीको घोषणा,गौरिकालाई ११ लाख

काठमाडौं, २५ मंसिर । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नै निवास बालुवाटारमा बोलाई स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ र एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका हुन् ।

प्रधानमन्त्रीले समूहगत स्वर्ण जित्नेलाई पनि जनही पाँच लाख रुपैयाँ दिने जनाएका छन्। पदक विजेता खेलाडीसँगै प्रशिक्षकले पनि सरकारबाट पाँच लाख रूपैयाँ पुरस्कार पाउने भएका छन्।

१३ औँ सागका रजत विजेताले ६ लाख रुपैयाँ पाउनेछन्। त्यसैगरि कास्य विजेताले जनही ३ लाख रुपैयाँ पाउने भएका छन्। काठमाडौंमा मंगलबार सकिएको सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्यपदक प्राप्त गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्ले सागका स्वर्ण विजेतालाई पाँच लाख रुपैयाँ, रजत विजेतालाई तीन लाख रुपैयाँ र कास्य पदक विजेतालाई दुई लाख रूपैयाँ पुरस्कारको घोषणा यसअघि नै गरिसकेको छ।

राखेपले समूहगतरुपमा स्वर्ण विजेताको हकमा स्वर्णधारीलाई दुई लाख रुपैयाँ, रजतलाई एक लाख ५० हजार रुपैयाँ र कास्य विजेतलाई एक लाख रुपैयाँ दिने भएको छ।

१३ औँ साग नेपालका लागि ऐतिहासिक,क-कसले जिते स्वर्ण ?

कराते

मण्डेकाजी श्रेष्ठले – व्यक्तिगत काता पुरुष
निर्मला तामाङ, संगिता मगर र सरु कार्की – महिला टिम काता
मण्डेकाजी श्रेष्ठ, महशुस तामाङ र प्रविण कार्की – पुरुष टिम काता
लक्ष्मण तामाङ – ५५ केजी समूह फाइट
विप्लवलाल श्रेष्ठ – ८४ केजी माथि फाइट
कुसुम श्रेष्ठ – ४५ केजी फाइट
अनु अधिकारी – ५५ केजी फाइट
नविन रसाइली – ६७ केजी फाइट
सुनिता महर्जन – ६८ केजी फाइट
अनुपमा मगर– ६८ केजी फाइट

तेक्वान्दो

सिना मादेन लिम्बू – पुम्से महिला १७-२३ वर्ष
कमल श्रेष्ठ – पुम्से पुरुष २४-२९ वर्ष
पार्वती गुरुङ – पुम्से महिला २४-२९ वर्ष
आयशा शाक्य– पुम्से महिला २९ वर्ष माथि
आयशा शाक्य र सञ्जिवकुमार ओझा – पुम्से जोडी २९ वर्षमाथि
निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमिल्सिना – पुम्से महिला टिम १७-२३ वर्ष
निता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई – पुम्से महिला टिम २३ वर्षमाथि
काजल श्रेष्ठ– ४६ केजी फाइट
वीरबहादुर महरा – ६८ केजी फाइट
संगिता बस्याल – ६२ केजी फाइट
सक्षम कार्की – ८७ केजीमाथि फाइट
भूपेन श्रेष्ठ– ८७ केजी मुनि फाइट

ट्रायथलन

सोनी गुरुङ
हिमाल टमाटा

उसु

विजय सिञ्जाली – थाउलो छानछ्वान
सुस्मिता तामाङ– थाउलो छानछ्वान
दीपक हमाल– ‍थाउलो नानछ्वान अलराउन्ड
निमा घर्तिमगर – ‍थाउलो नानछ्वान अलराउन्ड
जुनी राई – सान्सौ ५६ केजी फाइट

एथ्लेटिक्स

सन्तोषी श्रेष्ठ – १० हजार मिटर दौड
गोपीचन्द्र पार्की – ५ हजार मिटर दौड
किरणसिंह बोगटी – म्याराथन

साइक्लिङ

राजेश मगर – डाउनहिल
निस्मा श्रेष्ठ – डाउनहिल
लक्ष्मी मगर– क्रस-कन्ट्री
बुद्धिबहादुर तामाङ – क्रस-कन्ट्री

पौडी

गौरिका सिंह – २ सय मिटर फ्रीस्टायल
गौरिका सिंह – २ सय मिटर ब्याकस्ट्रोक
गौरिका सिंह – ४ सय मिटर फ्रीस्टायल
गौरिका सिंह – सय मिटर फ्रीस्टायल

भारोत्तोलन

सञ्जु चौधरीले – ५९ केजी
विकास थापा – ८९ केजी

गल्फ

सुवास तामाङ– व्यक्तिगत
शुक्रबहादुर राई, टंकबहादुर कार्की, सुवास तामाङ र निरज तामाङ – टिम स्पर्धा

कुस्ती

गीता धामी – ५५ केजी

जुडो

देविका खड्का– ५२ केजी
पुनम श्रेष्ठ – ७८ केजी

बक्सिङ

मिनु गुरुङ – ५४ केजी
भूपेन्द्र थापामगर – ६४ केजी

सनिल शाही -६० केजी

फुटबल

पुरूष फुटबल टोली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here