अंग्रेजी नयाँ वर्षको दिन विश्वमा ३ लाख ९२ हजार शिशुको जन्म

काठमाडौं, १७ पुस । सन् २०२० को पहिलो दिन विश्वमा तीन लाख ९२ हजार ७८ जना शिशुको जन्म हुने संयुक्त राष्ट्र बाल कोष (यूनिसेफ)ले जनाएको छ ।

“सबैभन्दा बढी बालबालिका भारतमा जन्मिएको र दोस्रो धेरै चीनमा र तेस्रो धेरै नाइजेरियामा जन्मिएका छन्,” यूनिसेफको प्रक्षेपणका आधारमा नाइजेरियाका लागि यूनिसेफका प्रतिनिधि पिटर हकिन्सले बताए ।

“जनवरी १ मा भारतमा ६७ हजार ३८५ शिशुको जन्म हुने प्रक्षेपण यूनिसेफको छ भने चीनमा ४६ हजार २९९ र नाइजेरियामा २६ हजार ३९ शिशुले जन्म लिनेछन् ।

यसरी हेर्दा नाइजेरियामा जनवरी १ मा विश्वभर जन्मिने शिशुको सात प्रतिशत शिशुले जन्म हकिन्सले बताए ।

उनले भने, “हरेक नयाँ वर्षको सुरूसँगै हरेक नाइजेरियाली बालबालिकाले आफ्नो जीवनको यात्रा शुरू गर्न सम्भावना उनीहरूलाई जीवन जिउन दिइने अवसरका आधारमा हुनेबारेमा जानकारी दिइन्छ ।”

नाइजेरिया लगायत विश्वका लाखौँ नवजात शिशुका लागि जन्मिएकै दिन कम पवित्र बन्ने गर्छ अर्थात् सोही दिन उनीहरूले मृत्युवरण गर्ने गर्छन् ।

यूनिसेफ प्रतिनिधि पिटर हकिन्सका अनुसार सन् २०१८ मा विश्वभरका २५ लाख शिशुहरूले जन्मेको पहिलो महिनामा नै परलोक भएका थिए भने त्यसमध्ये एक तिहाइले जन्मिएकै दिन देहत्याग गरेका थिए ।

नाइजेरियामा मात्रै गत वर्ष तीन लाख १८ हजार ५२२ शिशुको मृत्यु भएको थियो । मृत्यु भएका शिशुमध्ये अधिकांशको अकालमा मृत्यु हुनेगरेको अर्थात् उनीहरूको अल्पआयुमा हुने मृत्युलाई टार्न थोरै मात्र सावधानी अपनाउँदा सम्भब रहेपनि अभिभावकको लापरर्वाही वा व्यवहारका कारण ती शिशुहरूको मृत्यु हुने गरेको छ ।

उनले भने, “प्राय बालबालिकाको जन्म हुँदा वा जन्मिएपछि सावधानी अपनाउन नसक्दा अल्पआयुमा नै मृत्यु हुने गरेको छ ।”

संसारभरका लाखौँ नवजात शिशुका लागि, उनीहरुको जन्म सुखद हुन नसकेको आँकडा प्रस्तुत गर्दै युनिसेफले सन् २०१८ मा, संसारभरका २५ लाख नवजात शिशु उनीहरु जन्मेको पहिलो महिनामै र तीमध्ये करीब एक तिहाइ उनीहरुको जीवनको पहिलो दिनमै मरेको जनाएको छ ।

ती शिशुमध्ये धेरैजसो समय अगाडि नै जन्मिने, सुत्केरी हुँदाको जटिलता र सेप्सिसजस्ता सङ्क्रमणलगायत जोगाउन सकिने कारणबाटै मरेका थिए । यसका साथै, हरेक वर्ष २५ लाखभन्दा धेरै शिशु मृत जन्मिन्छन् ।

सन् २०१८ मा जन्मेको पहिलो महिनामा मर्ने शिशुको हिस्सा पाँच वर्षमुनि मर्ने बालबालिकाको कूल सङ्ख्याको ४७ प्रतिशत थियो ।

युनिसेफले गर्भावस्था, प्रश्रव र जन्मका क्रममा हुने जटिलतालाई जोगाउन र उपचार गर्नका साथै हरेक आमा र नवजात शिशुको हेरचाह सुरक्षित हातले गरिएको सुनिश्चित गर्न उपयुक्त तालिम र उपकरणसहित स्वास्थ्यकर्मीमा तत्काल लगानी गर्न अह्वान पनि गरेको छ ।