किन माग्यो फेसबुकले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग माफी ?

काठमाडौं । चिनियाँ राष्ट्रपति सी सी जिनपिङ म्यानमारको भ्रमणमा व्यस्त छन् । भ्रमणको क्रममा फेसबुकले राष्ट्रपति सी को नाम गलत अनुवाद भएको कारण माफी मागेको छ ।

गएको शनिवार चिनियाँ राष्ट्रपति सी र म्यानमारकी राष्ट्रपति आङ साङ सू चीबीच भेटबार्ता भएको थियो । दुवै देशबीच द्धिपक्षिय सम्बन्धलाई अझै बलियो बनाउने विषयमा सम्झौता पनि भयो ।

यो भेट वार्ता पश्चात बर्मीज भाषाको फेसबुक पोष्टमा राष्ट्रपति सी नाम अनुवाद विग्रीयो । उनको नाम ‘शितोले’ बनेर अनुवाद भयो ।
यो पोष्ट सुकीको व्यक्तिगत अकाउन्डबाट शेयर भएको थियो ।

यो घटना लगत्तै फेसबुकले शनिवार नै आफ्नो बयान दिने क्रममा कुनै प्रकारको प्राविधीक समस्याको कारण यस्तो गल्ती भएको बतायो । फेसबुकका प्रवक्ता एंडी स्टोनले बर्मीजमा अंग्रजी शब्द ‘एक्सआई’ को उच्चारण ‘एसएचआई’ भएको कारण ‘सीटहोल’ उच्चारण भएको भन्दै माफी मागेका थिए ।

सीको नाममा ‘सीटहोल’ अर्थात् शौचालय भन्ने भाव रहेको शब्द अनुवाद भएको थियो। सू ची र उनको कार्यालयले गरेका फेसबुक पोस्टमा त्यस्तो गल्ती भएको हो। (बीबीबी हिन्दी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here