नेपाल टेलिकमको नाफा ९ करोड ७६ लाखमा सीमित

काठमाडौं, २२ माघ । सरकारी स्वामित्वको नेपाल टेलिकमको आर्थिक वर्ष २०७५/७६ को जम्मा राजस्व ४३ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ ।

दूरसञ्चार प्राधिकरणको तथ्याङ्क अनुसार झण्डै ४४ करोड रुपैयाँ राजस्व उठ्दा कम्पनीले ९ अर्ब ७६ करोड रुपैयाँ नाफा गरेको छ ।

यस अवधिमा टेलिकमले २८ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ खर्च गरेको छ । करअघि खुद नाफा १५ अर्ब सात करोड रुपैयाँ रहेको टेलिकमको करपछिको नाफा भने ९ करोड ७६ लाखमा सीमित भएको हो ।

७७ वटै जिल्लामा फोरजी सेवा

बुधबारदेखि सबै जिल्लामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भएको छ । हुम्लाको सदरमुकामा सिमिकोटमा फोरजी जडान र परीक्षण सम्पन्न भएसँगै ७७ वटै जिल्लामा फोरजी सेवा विस्तार भएको हो ।

१६ वर्ष पूरा गरी १७ वर्ष प्रवेश गरेको अवसरमा टेलिकमले आफ्नो सेवा एवं सुविधालाई थप व्यवस्थित गर्दै सेवा उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएको छ ।

टेलिकमले २०७३ सालको पुस १७ गते पहिलोपटक फोरजी सेवा सुरु गरेको थियो । नेपाल टेलिकमले अहिले आठ सय १८ सय मेगाहर्ज ब्याण्डअन्तर्गत फ्रिक्वेन्सी प्रयोग गरेर फोरजी सेवा विस्तार गरिरहेको छ ।

सरकारको कोषमा ३३ अर्ब ३० करोड योगदान

टेलिकमले आर्थिक वर्ष २०७५/७६ मा सरकारको कोषमा ३३ अर्ब ३० करोड ९५ लाख रुपैयाँ योगदान गरेको छ ।

टेलिकमले अग्रिम आयकरबापत चार अर्ब ८७ करोड ३४ लाख रुपैयाँ, मूल्य अभिवृद्धि करबापत चार अर्ब ६० करोड ५२ लाख रुपैयाँ, दूरसञ्चार सेवा शुल्कबापत तीन अर्ब ८९ करोड ८५ लाख रुपैयाँ, स्वामित्व शुल्कबापत ५७ करोड ९६ लाख रुपैयाँ, भन्सार शुल्कबापत ४८ करोड ३१ लाख ४८ हजार रुपैयाँ, रोयल्टीबापत दुई अर्ब ३३ करोढ ९६ लाख रुपैयाँतिरेको जनाएको छ ।

फ्रिक्वेन्स दस्तुरबापत एक अर्ब १४ करोड ४८ लाख रुपैयाँ, लाभाँशबापत सात अर्ब ५४ करोड रुपैयाँ, सम्पत्ति र सवारी साधन करबापत ६ करोड १८ लाख रुपैयाँ, लाइसेन्स शुल्कबापत ६ अर्ब पाँच करोड रुपैयाँ र स्रोत कर कट्टिबापत एक अर्ब ७२ लाख रुपैयाँ बुझाएको छ ।

नयाँ ग्राहक प्याकेज तथा सामाजिक उत्तरदायित्व

कम्पनीले ‘राष्ट्र निर्माण हाम्रो लक्ष्य’ भन्ने नाराको मर्म अनुसार देशका विभिन्न स्थानमा विभिन्न समय र उत्सव पारेर विविध सामाजिक सामाजिक कार्यमा कम्पनीले आफ्नो योगदान र संलग्नतालाई निरन्तरता दिएको छ ।

दृष्टिविहिन र श्रवण शक्ति कमजोर हुने व्यक्तिहरूलाई प्रदान गरिएको विशेष प्याकेज तथा मोबाइल सेट हरू, विभिन्न वृद्धाश्रम आदिमा कम्पनीले गरेको योगदान, वागमती सफाई महाअभियानमा कम्पनीको संलग्नता, हरियाली विकासमा गरेको योगदान, सामुदायिक विद्यालय तथा असहाय केन्द्रलाई कम्प्युटर तथा फर्निचर हस्तान्तरण गरेको जनाएको छ ।

देशका विभिन्न स्थानमा स्थापना गरिएका १०० वटा सामुदायिक विद्यालयलाई एफटिटिएच मार्फत तथा ५० वटा सामुदायिक विद्यालयलाई मार्फत इन्टरनेट प्रदान गरी स्मार्ट स्कूलमा रुपान्तरण गर्न गरेको सहयोग, गण्डकी, सुदूर पश्चिम, प्रदेश ५ र कर्णाली प्रदेशमा १/ १ वटा गरी कूल ४ वटा स्मार्ट स्कूल स्थापनामा सहयोग तथा नेपाल पुलिस क्लबलाई गरेको प्रायोजन यसका केही उल्लेख्य उदाहरणहरू हुन् । यस्ता समाजमुखी कार्यक्रमहरू आगामी दिनहरूमा पनि जारी राख्ने जनाएको छ ।

ग्राहक झण्डै साढे दुई करोड

ग्राहक झण्डै साढे दुई करोड पुगेका छन् । गएको मङ्सिरसम्ममा ग्राहकको सङ्ख्या दुई करोड ३९ लाख २४ हजार नाघेको टेलिकमले जनाएको छ ।

जीएसएम मोबाइलका दुई करोड १४ लाख ५४ हजार, सीडीएमए सेवाका १७ लाख ९४ हजार र पीएसटीएन सेवाका ६ लाख ७६ हजार ग्राहक रहेका टेलिकमको दाबी छ ।

यस्तै एक करोढ ४७ लाख ७६ हजार सात सयभन्दा धेरैले नेपाल टेलिकमको इन्टरनेट डाटा सेवा प्रयोग गरेका छन् । साथै डाटा सेवाको ग्राहक संख्या २६ प्रतिशतले वृद्धि भई चालू आ. व. को शुरुमा कूल १ करोड ३७ लाख पुगेकोमा कार्तिकसम्ममा थप वृद्धि भई १ करोड ४६ लाख पुगेको छ ।

जीएसएम मोबाइलको डाटा सेवाका प्रयोगकर्ता एक लाख ९८ हजार, एफटीटीएच सेवाका प्रयोगकर्ता ११ हजार ९ सय र वाईम्याक्स सेवाका प्रयोगकर्ता १८ हजार रहेका छन् । डाटा सेवातर्फ भने कम्पनीले ४८ दशमलव ९ प्रतिशत बजार ओगटेको दूरसञ्चार प्राधिकरणको तथ्याङ्कले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here