बच्चासँग कति नजिक हुनुहुन्छ, के चाहन्छन् बालबालिका ?

काठमाडौं । बच्चाहरु अभिभावकलाई पछ्याईरहेका हुन्छन् । किन भने उनीहरुले जन्मिदा देखि नै आफु समिप सबभन्दा बढी आमा बुवा र तिनले गर्ने कृयाकलाप, व्यवहार देखेर हुर्केका हुन्छन् ।

सन्तान जन्माउनु प्रकृतिको नियम हो विधिविधान हो यसरी नै यही अनुसार संसार प्रकृयारत चलिरहेको छ । बच्चाले डाक्टर ,इन्जीनियर, वकिल र पाइलट आदि बन्ने सोच त पछि सोच्छन् ।

जब उनले डाक्टर, इन्जीनियर, वकिललाई देखेका हुदैन्न् । उनीहरुमा पहिला त आफु ठुलो भएपछि बुवा जस्तै वा आमा जस्तै बन्नेछु भन्ने सोचको विकास हुन्छ ।

हाम्रो समाजमा सामान्य बुझाइ र गराइ छ कि बच्चा अहिले सानै छ अलि ठुलो भएपछि उसलाई सिकाउँला । तर वास्तविकता गराई र बुझाइ भन्दा धेरै फरक छ ।

बच्चा जन्मिसकेपछि बच्चाहरुलाई बाहिरी कुराले त धेरै पछि असर पार्छन् । उनीहरुलाई घरभित्रको माहोलले बढी असर पार्छ ।

किनभने बच्चाहरु गर्भबाट नै सिक्दै हुन्छन्, हुन् सक्छ यो कुरामाथि धेरै जसोलाई विश्वास नलाग्ला । बच्चाहरुलाई राम्रो शिक्षादिक्षा दिइ एक सभ्य नागरिक बनाउने जिम्मेवारी अभिभावकहरुको नै हो ।

त्यसकारण हामी अभिभावकहरुले आफ्ना बच्चाहरुलाई जस्तो बनाउन चाहन्छौं जस्तो हेर्न चाहन्छौं । जरुरी छ कि पहिला आफु त्यस्तो बनौं ।

जब हामी राम्रो बाटोमा हिड्छौं बच्चाहरु पनि त्यही बाटो हिड्छन् । किन भने वास्तवमा अभिभावक नै बच्चाहरुका लागि मार्गदर्शक र बच्चाहरु अभिभावकका प्रतिविम्ब हुन्छन् ।

बच्चाहरुमा हुने भावनात्माक तथा मनोवैज्ञानिक प्रकारका परिर्वतनको मुख्य कारण अभिभावकसँग को सम्बन्धले तय गर्छ । बच्चाका आमाबुबा जति उनीहरुसँग नजिक हुन्छन् उनीहरु त्यति नै सन्तुलित रहन्छन् ।

तपाईं आफ्ना बच्चाहरुसंग कति नजिक हुनुहुन्छ भन्ने कुराको जानकारी तपाईंलाई आफ्ना बच्चाहरुले आफ्नो समस्या तथा दुःखका कुराहरु कति भन्छन् भन्ने कुराले निर्धारण गर्छ ।

यदी बच्चाहरु तपाईंलाई हरेक कुरा भन्न रुचाउदैनन् भने तपाईं उनीहरुभन्दा धेरै टाढा हुनुहुन्छ ।

बालबालिकासँग जति नजिक भयो उति नै उनीहरुको भावना बुझ्न सजिलो हुन्छ । उनीहरुको प्रत्येक गतिविधि हेर्न सकिन्छ । बालबालिकाको विचार, अभिव्यक्ति आमाबुवाले ध्यानपूर्वक सुन्नुपर्छ ।

बालबालिकाले के भनिरहेका छन्, के कुराको अभाव भएको छ, उसका साथीहरुले कस्तो व्यावहार गरेका छन्, विद्यालयमा शिक्षकहरुले कस्तो सोचिरहेका छन्, उनीहरुलाई कस्तो चिज खान मन लागेको छ र उनीहरुलाई कहाँ जान मन लागेको छ सबै थाहा पाउन सकिन्छ ।

अध्ययनको अनुसार यदी तपाईंका बच्चा र तपाईंको सम्बन्धमा खटपट आयो भने उनीहरुको खाने, बस्ने, सुत्ने तथा घुम्ने सबै प्रकारका कामहरुमा प्रभाव पर्छ ।

साथी बन्नुहोस्

बच्चाहरु चिन्तीत, हतोत्साहित, दुःखी भएर घर आएमा उनीहरुसंग त्यसको कारण सोध्नु सबैभन्दा राम्रो कुरा हो । उनीहरुसँग हतास नबन, निरास नबन, संघर्ष गर्नुपर्छ भन्नेजस्ता कुराहरु गर्नुपर्छ ।

जतिसक्यो उनीहरुसँग साथीको जस्तो व्यवहार गर्नु एउटा असल आमाबुबाको कर्तव्य हो ।

गाईड बन्नुस् आदेश नदिनुहोस्

दैनिक जीवनमा आउने समस्याहरुको बारेमा उनीहरुसंग एउटा आदेश दिने हेतुले भन्दापनि गाईड गर्ने हिसाबले कुरा दगर्दा उनीहरुमा सकारात्मक प्रभाव पर्छ ।

सिँधै त यस्तो काम नगर् भन्दापनि यो काम तिम्रो, हाम्रो कसैको लागि पनि राम्रो होईन् यस्तो काम नगर्दा नै राम्रो होला भन्ने जस्ता शब्दको प्रयोग गर्ने हो भने उनीहरुमा नकारात्मक प्रभाव पर्न पाउदैन् ।

सकारात्मक सोँचको विकास गर्नमा सहयोग गर्नुस्

बच्चालाई सधैं सकारात्मक वातावरण दिनुपर्छ । तपाईंले आफ्नो शब्दबाट संसारमा कुनैपनि कुरा असम्भव छैन् भन्ने कुराको अनुभुति गराउन सक्नुपर्छ । बच्चाहरुको अघि कुरा गर्दा सम्भावनाका सबै ढोकाहरु खुल्ला बनाई सकारात्मक कुरामा प्रेरित गर्नुपर्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here