घटेन तरकारीमा विषादीको मात्रा, १२ थरी तरकारी खानै नमिल्ने

जितेन्द्र खनाल

काठमाडौं, ५ फागुन । काठमाडौं भित्रने हरिया तरकारीमा प्रयोग गरिने विषादीको मात्रा बढ्दै गएको छ ।

देशकै सबैभन्दा ठूलो तरकारी बजार मानिने कालीमाटीमा रहेको विषादी परिक्षण एकाइले गरेको प्रतिवेदन अनु्सार तरकारीहरुमा प्रयोग भएका विषाधीको मात्रा घटेको छैन् ।

एकाइले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको ६ महिने अवधीमा कुल १ हजार ४ सय २ वटा तरकारीमा गरिएको परिक्षणमा १२ वटा तरकारीमा खानै नमिल्ने गरी विषादी प्रयोग भएका छन् ।

यसका साथै ३ वटा तरकारीमा भने विशेष परिक्षण भईरहेको र यसलाई खान मिल्ने वा नमिल्ने भनी अनुसन्धान भईरहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तो छ पछिल्लो ५ वर्षको तथ्यांक

एकाइको पछिल्लो ५ वर्षको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ मा मात्रै विषादीको प्रयोगमा केही कमी आएको छ ।

आर्थिक वर्ष २०७४/७५ मा कुल १ हजार ८ सय ५० वटा तरकारीमा नमुना परिक्षण गरिएकोमा २ वटा तरकारीमा खानै नमिल्नेगरी विषादी प्रयोग भएको थियो भने १ वटा पर्खनुपर्ने थियो यसका साथै १ हजार ८ सय ४६ वटा तरकारी खानयोग्य थिए ।

यस्तो छ तथ्यांकः

सिमी र काउलीमा सबैभन्दा धेरै विषादी

एकाइका बाली संरक्षण अधिकृत प्रकाश घिमिरेका अनसार सिमी र काउलीमा सबैभन्दा धेरै विषादी प्रयोग भएको छ । खासगरी सिमीमा लाई लाग्नभे भएको कारण पनि यसमा धेरै विषादी प्रयोग भएको हुन्छ ।

‘हामीले गरेको परिक्षणको नतिजा अनुसार सबैभन्दा धेरै सिमी र काउलीमा विषादी प्रयोग भएको छ’ उनले भने, ‘खासगरी सिमीमा लाई लाग्ने र काउलीमा किरा लाग्ने समस्या भएको कारण पनि धेरै विषादी प्रयोग गरिन्छ ।’

यसका साथै गोलभेडा, केरा जस्ता अन्य तरकारी र केही मात्रामा फलफूलहरुमा पनि विषादी प्रयोग हुने गरेको छ ।

‘भारतबाट आएको केरामा पनि धेरै मात्रामा विषादी प्रयोग भएको पाईएको छ ।’उनले भने, ‘नपाकेको लाई पकाउन र पकेकोलाई नबिग्रीयोस् भन्नको लागि केरामा धेरै विषादी प्रयोग गरिन्छ ।’

धादिङ्ग र काभ्रेको तरकारीमा धेरै विषादी

अधिकृत घिमिरेको अनुसार खासगरी धादिङ्ग र काभ्रेमा लगाईएको तरकारीमा धेरै विषादी प्रयोग भएका छन् ।

‘हामीले नेपाल तथा भारतबाट पनि आएका तरकारीहरु परिक्षण गरौं’ उनले भने, ‘उक्त नतिजा अनुसार धादिङ्ग र काभ्रेका तरकारीमा धेरै विषादी पाईयो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here