महिलाको लागि वैदेशिक रोजगारी रहर कि बाध्यता ?

काठमाडौं, ६ फागुन । लाखौँको संख्यामा वैदेशिक रोजगारीमा जाने नेपालीहरूमध्ये एउटा महत्त्वपूर्ण हिस्सा महिला पनि बन्ने गरेका छन् ।

बेरोजगारीका अतिरिक्त खासगरि अरूको लहैलहैमा लागेर, अनधिकृत दलालको भर परेर जाने महिलाहरूको संख्या उल्लेख्य रहेको सरोकारवालाहरु बताउँछन् ।

तोकिएको काम र गन्तव्य भन्दा फरक स्थानमा पुग्नुपरेका कारण कयौ नेपाली महिलाहरूले कष्टकर जीवन यापन गर्नुपरेको छ ।

वैदेशिक रोजगार एकातर्फ अवसर भएको छ भने अर्को पाटोमा यो ठूलो जोखिमका रूपमा पनि देखिएको छ ।

यस क्षेत्रबाट देखिएको सकारात्मक स्वरूपहरूमा आर्थिक समावेशीकरण, विप्रेषण, आर्थिक सामाजिक र प्राविधिक पुँजीको विकास, रोजगारी तथा समष्टिगतरूपमा गरिबी न्यूनीकरण र मानव विकासमा प्राप्त योगदानलाई लिन सकिन्छ ।

मानव बेचबिखनको बढ्दो माध्यम, देशभित्र श्रमशक्तिको संकट, ठगी र आर्थिक अपराधको बढ्दो प्रवृत्ति, सामाजिक तथा मनोवैज्ञानिक विखण्डन, धनी र गरिबबीचको बढ्दो खाडल, विलासी जीवनशैली प्रमुख नकारात्मक स्वरूपको रूपमा देखिन्छ ।

आर्थिक वर्ष सुरु भएको ७ महिनामा ३ लाखभन्दा बढी नेपाली श्रमिक वैदेशिक रोजगारीमा विभिन्न देश पुगेका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार साउन मसान्तयता कामको खोजीमा ३ लाख १ हजार ६ सय ८७ जना श्रमिक विदेशिएका छन् ।

यस अवधिमा करिब ५० हजार महिलासमेत वैदेशिक रोजगारीमा गएको विभागले बताएको छ ।

देशभित्र रोजगारीका अवसर सिर्जना भए पनि नेपाली श्रमिक वैदेशिक रोजगारीमा जाने गरेको विभागले दाबी गर्दै आएको छ ।

गत आर्थिक वर्षको यस अवधिमा २ लाख ९० हजार युवा रोजगारीको खोजीमा विदेशिएका थिए ।

गत वर्षको तुलनामा यस आर्थिक वर्षमा १२ हजार बढी श्रमिक रोजगारीको खोजीमा विदेश गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

गत आर्थिक वर्षमा ५ लाख ८ हजार नेपाली श्रमिक वैदेशिक रोजगारीमा गएका थिए ।

वैदेशिक रोजगारी, रहर कि बाध्यता

दैनिक जीवन सञ्चालन गर्न होस् या आफ्ना छोराछोरीलाई उचित शिक्षा दीक्षा दिन होस् या त उभिने जमिन होस् या टाउको लुकाउने छत निर्माणका लागि किन नहोस बिदेश नगई नहुने अवस्था छ नेपालीहरुमा आज पनि रहेको छ ।

महंगो शिक्षाले छोरा छोरीका लागि उच्च शिक्षा मनोकामना पूर्ण गर्न पनि बिदेशिनु पर्ने बाध्यता छ भने धेरै नौजवान युवा महंगो शिक्षा आर्जन गर्न नसक्दा पनि बिदेशीनु पर्ने बाध्यता रहेको छ ।

परिवारको कारण नै महिला वैदेशिक रोजगारीमा जान बाध्य बन्दै आएका छन् । कतिपय श्रीमानको कारण विदेशिएका छन् भने कतिपय गरिबीको कारण विदेश जान बाध्य बनेका छन् ।

नुवाकोटको ३५ वर्षीय निमर्ला लामा ३ वर्ष कुवेतमा बिताएर नेपाल फर्किएकी छिन् । ५ वर्ष अघि सडक दुर्घटनामा परेर श्रीमान बितेपछि बालबच्चाको जिम्मेवारी बहन गर्नको लागि नै विदेश जानु परेको उनको भनाई थियो । ४ जना छोराछोरीको पालनपोषण, शिक्षाको लागि बध्यताले बाहिरिएको उनि बताउँछिन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here