कविता उषा ओझा
काठमाडौं । कोरोना नामक रोग महामारीका रूपमा विश्व जगतलाई नै बिस्तारै-बिस्तारै ढाक्दै गईरहेको छ ।
१८७ भन्दा बढी मुलुकलाई यस महामारीले आफ्नो चपेटामा परि सकेको अवस्थामा विश्वका कयौ मुलुकमा अब संकटकाल नै घोषणा भईसकेको र कतिपय देशमा कलकारखाना , जीम सेन्टर , स्कुल , कलेज , रेष्टुरेन्ट र देशको सीमानासम्म पनि बन्द भएका छन् ।
यस घोर संकटको अवस्थामा पनि हाम्रो देश नेपालमा चाँही कोरोना नामक रोग हाल दुई जनामा मात्र पुष्टी भएको अवस्था छ । यद्धपी सरकारले भने सावधानिका उपायाहरू अपनाउन थालिसकेको छ ।
हात खुट्टा मुख सबुनपानीले सफा राख्न , अती आवश्यक काम बाहेक बाहिर हिडडुल नगर्न साथै २५ जना भन्दा धेरै मानिस एक ठाउमा भेला नहुन पनि जनहितको लागी सरकारी निर्देशन गरिसकेको छ ।
साथै लामो दुरीका यातायात पनि बन्द भइसकेका छन । एक वाक्यमा भन्नुपर्दा लकडाउन को निर्देशन सरकारबाट भइसकेको छ ।
तर बिडम्बना नेपाल सरकार एक पाटो बाट ठीकै छ तर अर्को पाटो बाट वास्तवमै निदाएको अवस्था छ । नेपाल सरकारलाई मेरो प्रश्न सरकार एउटा कारागार भित्र कति कैदी होलान् ? एउटा सामान्य कारागारमा पनि १ हजार जना या त्यो भन्दा बढी ? अनि प्रहरी कती होलान कारागारमा ? कारागारको अवस्था के होला ?
देशका अधिकांश कारागार जीर्ण अवस्थाका छन् , यो अवस्थामा एउटा कारागारमा रहेका कैदीलाई २५-२५ को संख्यामा राख्न प्रयाप्त कोठा छन् ? ती कैदिको अवस्था के छ? तथ्याङ्क पनि हु-बहु छैन ।
अनि कोरोना भाइरस कारागारमा चाही नलाग्ने हो ? ति कारागारमा रहेका कैदिलाई अनि कारागारमा रहेका प्रहरीलाई कोरोनाबाट बच्न सरकारले चालेको कदमका बारेमा कुनै पनि पत्र पत्रिका या टिभीमा समाचार सुनिएको छैन ।
कि कारागारमा रहेका कैदिमा मात्र कोरोना भाइरस संग लड्न सक्ने त्यो आन्तरीक शक्ति छ जुन अरू मानवमा छैन ? ती कारागारमा रहेका मानव चाही मानव हैनन् ? कुसीमामा बस्ने मात्र मानव हुन् रु कारागारमा रहेका कैदीको यो अवस्था देख्दा बोल्नलाइ शब्द छैन सरकार ।
अनि कैदि लाई त मानौ अमानव नै जतिको गरेर राखेको छ । सरकार को जीम्मेवारी कारागार अनि कारागारमा रहेका कैदी प्रति चाहि छैन ? की बन्दीचाँही जनतामा गनिदैन ?
बेलैमा यस सम्बन्धि सरकारको ध्यान जान नसके समस्या अझै जटील हुने देखिन्छ । कैदि र प्रहरी दुवै कोरोना भाइरसका शिकार हुन सक्छन ।
-कविता उषा ओझा समाजमा घटेको समय सान्दर्भिक विषयमा कलम चलाउनुहुन्छ ।