किन आउँछ ‘र्‍यापिड टेस्ट’ र ‘पीसीआर’बाट कोरोना परीक्षणको फरक नतिजा ?

काठमाडौं, ३ बैशाख । कोरोना संक्रमण भए/नभएको जाँच गर्न सरकारले र्‍यापिड डायग्नोस्टिक किट (आरडीटी) लाई प्राथमिकता दिएको छ ।

आरडीटी साधारण परीक्षण विधि हो । यसका लागि छुट्टै प्रयोगशाला आवश्यक पर्दैन । तर र्‍यापिड किट र पीसीआर रिपोर्टमा फरक नतिजा आएसँगै आम मानिसमा केहि भ्रम उत्पन्न गराएको छ ।

नेपाल सरकारले विदेशबाट फर्केकाहरुमा र्‍यापिड किटद्वारा परीक्षण सुरु गरेपछि केही पोजेटिभ देखिएकोमा पछि पीसीआरबाट गर्दा नेगेटिभ देखिएको र र्‍यापिड टेस्टमा नेगेटिभ देखिएकोमा पनि पछि पोजेटिभ देखिएको समाचारहरु सार्वजनिक भएका छन् ।

आरडिटी विधिमा गरिने परीक्षणमा भाइरसका जेनेटिक टुक्रा (जिनका टुक्रा) हरू छन् कि छैनन भन्ने परीक्षण गरिन्छ।

यो विधिबाट परीक्षण गर्दा नमुनामा जेनेटिक टुक्राहरू छन् भने भाइरस पनि छ भन्ने कुरा प्रमाणित हुन्छ। यो परीक्षणबाट नमुना लिएको बखत सम्बन्धित व्यक्तिको शरीरमा भाइरस छ वा छैन भन्ने थाहा हुन्छ।

भाइरस छ भने उनमा संक्रमण छ भन्ने बुझिन्छ। यसरी एक जना संक्रमित भइसकेपछि त्यो भाइरस व्यक्तिको शरीरमा कति समयसम्म रहने भन्ने फरक पर्न सक्छ।

सम्बन्धित व्यक्तिको शरीरमा रोगसँग लड्ने क्षमताको आधारमा यो रहने गर्छ। रोगसँग लड्ने क्षमता अनुसार कोही व्यक्तिमा यो भाइरस छिट्टै पनि हराउन सक्छ भने कोहीमा चाररपाँच हप्तासम्म रहन सक्ने हुन्छ।

अहिले नेपालमा पनि यो विधि भित्रिएको छ। अन्य देशमा पनि यो विधि अपनाएर काम भइरहेको छ। अमेरिका, युरोपियन युनियन, अष्ट्रेलिया, भारतलगायतका देशमा आरडिटीबाटै परीक्षण गर्ने कुरा समावेश गरेका छन्।

यो विधिको फाइदा धेरै विज्ञता नचाहिने, साधारण र प्रयोगशाला नचाहिने हो। फिल्डमा गएर थोरै तालिम पाएकाले नै यो परीक्षण गर्न सक्छन्। र यसको नतिजा पनि १५ मिनेटमा नै आउँछ।

तर, पिसिआर परीक्षण भनेको अत्यन्तै जटिल परीक्षण हो। यो परीक्षण गर्न समय पनि उत्तिकै लाग्ने हन्छ, र प्रयोगशालाको सेटअप पनि सोहीअनुसार विशेषको हुन आवश्यक छ। परीक्षण गर्ने व्यक्तिसँग पनि विशेष किसिमको तालिम लिएर विज्ञता हुनुपर्छ।

त्यसैले गर्दा यो (कोभिड १९) रोग आएदेखि नै विभिन्न वैज्ञानिकहरुले अर्को विधिबाट पनि परीक्षण गर्न सकिन्छ कि भनेर लगातार रिसर्च गरीरहनु भएको छ ।

त्यहि रिसर्चको बेसिसमा हाल आएर शरीरले भाइरससँग लड्नको लागि बनाउने एन्टिबढी हुन्छ त्यो एन्टिबढीहरु पनि परीक्षण गरेर यो रोग पत्ता लगाउन सकिन्छ कि भनेर नयाँ नयाँ विधिहरुको विकास भइरहेका छन् ।

कोभिड १९ संक्रमित व्यक्तिको शरीरले दुई किसिमको एन्टिबडीहरु बनाउँछ । शुरुमा बन्ने भनेको आइजीएम (इम्युनोग्लोबिन एम) र त्यसपछि आइजीजी ( इम्युनोग्लोबिन जी) हो ।

आइजीएम रोग लागिसकेपछि तीन देखि ५ दिनमा वा समान्यतया एक सातामा देखिन थाल्छ । यो व्यक्ति अनुसार फरक हुन्छ । आइजीएम झण्डै दुई तीन हप्ता शरीरमा रहन सक्छ ।

रोग लागेको दुई हप्तापछि आइजीजी भन्ने एन्टिबडी बन्न थाल्छ । यो आइजीजी एन्टिबडी शरीरमा महिनौ सम्म रहन सक्छ । शुरुमा रोग हुँदादेखि भाइरस मात्र भेटिने भयो । त्यसपछि ५ देखि ७ दिन वितिसकेपछि आइजीएम एन्टिबडी एन्टिबडी भेटिन सक्छ ।

त्यसपछि एक महिना पछि भाइरस नेगेटिभ हुनसक्छ । तर आइजीजी लामो समय सम्म रहन सक्छ । यसको मतलब हामीले परीक्षण गर्दा शुरुको दिनमा पीसीआर मात्र पोजेटिभ आउन सक्छ ।

एन्टिबडीको लागि गरिने परीक्षणहरु नेगेटिभ हुन्छ । यस्तै हप्ता १० दिन पछि पीसीआरबाट पनि पोजेटिभ आउने र एन्टिबडीहरु पनि पोजेटिभ आउने हुनसक्छ ।

त्यस्तै, ३ हप्ता, ४ हप्ता वितिसकेपछि पीसीआर नेगेटिभ आउने तर एन्टिबडीको परीक्षण चाहिँ पोजेटिभ देखाउन सक्छ ।

जस्तै कोरोना भाइरसको परीक्षण गर्दा नाक, मुख वा स्वासप्रस्वास नलीबाट नमुना लिएर त्यो नमूनामा भाइरस रहेको वा नरहेको परीक्षण गरिन्छ ।

भाइरस स्वासप्रस्वास नलीबाट नै शरीरमा प्रवेश गर्ने हुनाले यो टेस्ट सुरुको केहि दिनमै पोजेटिभ देखिने हुन्छ ।

र्‍यापिड पोजेटिभ आएमा र पीसीआर नेगेटिभ आएमाः यो अवस्थामा भाइरसको सक्रियता कम भएको हुन्छ र हाम्रो शरीरको रोगमाथि लड्ने प्रतिरोधात्मक क्षमता बलियो हुन्छ ।

भ्याक्सिन लगाएको अवस्थामा वा केहि पहिले संक्रमण भएमा यो अवस्था देखिन सक्छ । यो अवस्थामा बिरामीले स्वस्थ मानिसलाई रोग सार्न सक्ने सम्भावना निकै कम हुन्छ ।

(डा. रुना झा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा दिएको जानकारीबाट तयार पारिएको)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here