लकडाउन अवधिभर एलसी भुक्तानीका लागि सक्कली प्रमाण पत्र नचाहिने

काठमाडौं, ९ बैशाख । लकडाउन अवधिभर प्रतीतपत्र (एलसी) मार्फत आयात हुने मालसामानको भुक्तानीमा सक्कली प्रमाण पत्र नचाहिने भएको छ ।

नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै लकडाउन अवधिभर एलसी कारोबारको लागि इमेलमार्फत प्राप्त भएका सक्कली कागजातका प्रतिलिपीको आधारमा पनि भुक्तानी गर्न सकिने व्यवस्था गरेको हो।

कोरोना भाइरसका असरका कारण अहिले उत्पन्न भएको असहज परिस्थितिको कारण केन्द्रीय बैंकले विदेशी विनिमय ऐन २०१९ को प्रयोग गरी अवस्था समान्य नभएसम्मको लागि उक्त व्यवस्था गरेको हो।

यसरी भुक्तानी गर्दा सक्कली कागजात तथा सो अनुसारको सामान प्राप्त नभएमा र विदेशी विनिमय अपचलन भएमा भुक्तानीको आवेदक स्वयम हुनु पर्नेछ । डीएपी र डीएए मार्फत हुने आयातको हकमा भने यो लागू नहुने राष्ट्र बैंकले जनाएको छ।

एलसी भुकक्तानीकाे लागि सक्कली कागजातहरु कुरियर मार्फत पठाइएको उल्लेख भएको भुक्तानी निर्देशन सहितको आधिकारिक सन्देश एलसी जारी गर्ने बैंकबाट भुक्तानी गर्ने बैंकले प्राप्त गरेको हुनुपर्नेछ राष्ट्र बैंकले जनाएकाे छ।

इमेलबाट प्राप्त हुने प्रतिलिपी कागजातका आधारमा भुक्तानी गर्नको लागि राष्ट्र बैंकले ४ वटा आधार तोकेको छ । यस्ता आधारहरुमा रकम भुक्तानी गर्ने बैंकले प्रतितपत्र (एलसी) मा उल्लेख गरिए बमोजिमका कागजातहरुको स्क्यान प्रतिको आधिकारिक इमेलबाट एलसीको भुक्तानी दिने बैंकले उसको आधिकारिक इमेलमा प्राप्त गरेको हुनुपर्नेछ ।

यस्तै, ओरिजिनल कागजातहरु कुरियर मार्फत पठाइएको उल्लेख भएको भुक्तानी निर्देशन सहितको आधिकारिक स्वीफ्त सन्देश एलसी जारी गर्ने बैंकबाट भुक्तानी गर्ने बैंकले प्राप्त गरेको हुनुपर्नेछ ।

आधिकारिक कागजातहरु तथा सोअनुसारको सामान प्राप्त नभएमा र विदेशी विनियम अपचलन भएमा सोको सम्पूर्ण जिम्मेवारी निवेदको रहत व्यहोराको प्रतिवद्धतापत्र भुक्तानी गर्ने बैंकले निवेदकसँग लिनुपर्ने भनिएको छ ।

यी प्रक्रियाहरु सहित भुक्तानी सम्बन्धी अन्य प्रावधान पालना हुने गरी भुक्तानी दिने बैंकले रकम दिन सक्ने व्यवस्था गरिएको छ । एलसी नखोलेको हकमा भने यो व्यवस्था लागू हुने छैन ।

त्यस्तै राष्ट्र बैंकले व्यापारिक फर्महरुले खोलेका एलसीको अवधि २०७७ साल असार मसान्तसम्म थप्न सकिने व्यवस्था गरेको छ । थप गरिएको अवधि शुल्क/ब्याज तिर्नुपर्ने भएमा ६ महिना लेवर प्लस ३ प्रतिशतप्रति वर्ष भन्दा बढी तिर्न नपाइने राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here