कोरोनासँग डराउँदैन शहर : न सामाजिक दूरी न नियमन

काठमाडौं, २१ साउन । पछिल्ला दिनमा पर्सा र यसको मूख्य शहर वीरगन्जले काठमाडौंसहितका ठूला शहरलाई एक स्पष्ट संकेत दिइरहेको छ, सचेत बनेनौं भने भयाभह अवस्था आउँछ ।

किनकी जब समुदायमा कोरोना भाइरसको संक्रमण फैलन्छ, त्यसपछि काठमाडौं पनि इटालीका शहर र न्यूयोर्कभन्दा फरक हुने छैन । किनकी सिमित स्वास्थ्य पूर्वाधार, स्रोत साधनका वावजुत आजसम्म धानिरहेको नेपालले एकै पटक हजारौं संक्रमितको संख्यालाई अब धान्न सक्नै छैन । जसले गर्दा शहरमा एकै पटक भयाभह अवस्था आउन सक्छ ।

अहिले काठमाडौंसहितका शहरमा सार्वजनिक यातायात खुलेको छ । तर, यातायातमा न्यूनतम सामाजिक दूरी त परै जाओस यात्रुले मास्क लगाउन समेत अल्छी मानेको देखिन्छ ।

सरसफाई, स्यानिटाइजर प्रयोग गर्ने विषय त परै जावस । सरकारी तथा निजी कार्यालयमा थामिनसक्नु भीड बढेको छ । सोहीकारण यातायात व्यवस्था कार्यालयले भीड थेग्न नसकेरै लाइसेन्स वितरणको काम बन्द गरेको छ । अब केही समय राजस्व भरेको चीटका भरमा यातायात चलाउनु पर्नेछ ।

बैंक तथा वित्तीय संस्थाले सामाजिक दूरी कामय गर्ने कोसिश गरेका छन्, तर पर्याप्त छैन । अझ ठूलो वेथिती त रेष्टुरेन्ट र साना खाजा घरमा देखिएको छ । एक ठाउँमा जम्मा भएर चिया र चूरोट पिउने युवा पुस्ताको जमात त्यही लुडोमा भिड्न थाल्छ । यो जमात साना खाजा घर तथा रेष्टुरेन्टमा पर्याप्त बढेको छ ।

यस्तो भीडभाड रोक्न न पसलेले केही भन्न सक्छन्, न मानिस आफै सचेत हुन्छ, न राज्यका निकायले नियमन नै गर्छन् । यसकै फलस्वरुप उपत्यकामा कोरोनाको ग्राफ उकालो लागेको छ ।

यसैलाई आधारमा मानेर सरकारले फेरी लकडाउन गर्ने हल्ला चलेको छ । लकडाउन अब राज्यले कति धान्छ थाहा छैन तर, जनताले थोरै पनि सचेत हुने भने धेरै समस्या आफै समाधान हुन्छ ।

‘लकडाउन खुलेको कोरोना सकिएर होइन, अर्थतन्त्र र जनजीवन सहज होस भनेर मात्र हो, स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम भन्छन्, सकेसम्म घर बाहिर ननिस्कने, अत्यावश्यक भएमात्र घर बाहिर निस्कने र भीडभाड नगर्दा पनि कोरोनाबाट बच्न सकिन्छ ।’

कतिपय अवस्थामा नागरिकले आफ्नै चेतले समेत काम गर्नुपर्छ । महामारीमा राज्य पनि अलमल हुन्छ । त्यो घानमा परेर ज्यान गुमाउनु भन्दा आफै सचेत भएर लामो जीन्दगी बाच्ने की ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here