खाना पकाउने ग्यास छिट्टो सकिन्छ ? यसरी गर्नुहोस् प्रयोग बढी टिक्छ !

काठमाडौं । कुनै समया शहर बजारमा मात्र पाईने ग्यास अहिले गाँउघरमा पनि सहजै रुपमा पाउन थालिएको छ ।

मानिसहरुको दाउन बाल्न झन्झट ठान्दै सहजै रुपमा दाउरा पाउने ठाँउमा पनि एलपी ग्यासको प्रयोग गर्न थालेको छन् ।

तर महंगीको चपेटा रहेका शहरमा बस्नेहरुका लागि सबैभन्दा पिरलो बन्ने गरेको छ खाना पकाउने ग्यास ।

दैनिक ज्यालादारी गरेर खानेको लागि ग्यास कसरी बचाउने भन्ने हुन्छ त्यसको लागि हामीले केहि उपायहरु प्रस्तुत गरेका छौं ।

यी ८ टिप्स ख्याल गर्नुहोस:

१. खाना पकाउदा सकेसम्म स्टेनलेस स्टीलको भाँडा प्रयोग गर्नु होस् । स्टेनलेस स्टीलको भाँडाहरु तापको अति उत्तम परिचालक (Best Heat conductor) हुन्छ । तसर्थ अन्य भाँडाको तुलनामा धातुका भाँडाहरुले ग्यास बचत गर्छ ।

२. यदि तपाइको ग्यास चुलोमा बलेको आगो पहेलो रङ्गको छ भने, बर्नरले सबै ग्यास प्रयोग नगरेको र केहि ग्यास खेर गईरहेको बुझ्नु पर्छ । यदि यस्तो भएमा बर्नरलाई सफा गरि फेरी ठिक तरिकाले हाल्दा राम्रो हुनेछ । निलो ज्वाला बलेपछि मात्र ग्यास सहि तरिकाले उपयोग भएको बुझ्नु पर्छ ।

३. दुध, चिया, पानी उमाल्दा उम्लनै लागेपछि ग्यासलाई सानो पार्नुहोस । यसो गर्दा ग्यासको खपत कम हुन्छ । अन्य खाना बनाउदा पनि पाक्न लागेपछि यसो गर्न सकिनेछ ।

४. फ्रिजबाट निकाल्ना साथ र बजारका चिसो पदार्थहरु सिधै नपकाउनुहोस । यी पदार्थहरुको तापक्रम ठिक्क नभएसम्म पर्खनुस । यसो नगरे चिसो पदार्थलाई सामान्य तापक्रममा ल्याउन धेरै ग्यास खर्च हुन्छ र ग्यास बचत हुन् पाउदैन ।

५. खाना पकाउदा सकेसम्म भाँडाहरु छोपेरै नै राख्नुहोस् । भाँडा छोपेर पकाउदा ग्यास बचत हुन्छ ।सकेसम्म कुकरको प्रयोग गर्नु होस् । यसले ग्यासको साथै समयको पनि बचत हुने गर्दछ ।

६. दाल, चना, राजमा गेडागुडी जस्ता तरकारी बनाउनु छ भने पहिला त्यसलाई केहि घण्टासम्म पानीमा भिजाएर राख्नुहोस् । यसो गर्दा ग्यासको साथै समयको पनि बचत हुने गर्छ ।

७. खाना बनाउँदा भाँडा बसाल्नुभन्दा अघि भाँडालाई आफैले ओभाएर बसाल्दा राम्रो हुन्छ । यसो गर्दा भाँडा ओभाउनको लागि खर्च हुने ग्यास तथा समय पनि बचत हुन्छ ।

खाना बनाउदा सकेसम्म धेरै पानीको प्रयोग नगर्नुहोस । पानीको मात्रा धेरै हुँदा पानी वाष्पीकरण हुँन धेरै समय लाग्नुका साथै ग्यास र समय बढी खर्च हुन्छ ।

८. खाना बनाउनु अघिनै काट्नु पर्ने तरकारीहरु काटेर तयार राख्नुस । आबश्यक पर्न सक्ने अन्य सामग्री पनि आफु नजिक तयारी अवस्थामा राख्नुस । यसो गर्दा ग्यास खेर जादैन र तपाइले ग्यासको अधिकतम प्रयोग गर्न सक्नु हुन्छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here