अन्तरिक्ष सफाइमा जापानको क्रान्तिकारी कदम, बनाउदै छ काठको स्याटेलाइट

काठमाडौं । जापानको एक कम्पनी र क्याटो विश्वविद्यालयले संयुक्त रुपमा काठको स्टाटेलाइट बनाउने काम गरिरहेका छन् । यो कार्य सफल भएमा जापान विश्वमै पहिलो काठको स्टाटेलाइट बनाउने राष्ट्र समेत बन्नेछ ।

जापानको सुमितोमो फरेस्ट्री कम्पनी र क्याटो विश्वविद्यालयले संयुक्त रुपमा बनाउन लागेको यो स्टाटेलाइट सन् २०२३ सम्ममा तयार हुने बताईएको छ । यसको लागि कम्पनीले अन्तरिक्षमा काठको सामग्रीको उपयोगसंग सम्बन्धीत भएर अनुसन्धानसमेत गरिरहेको छ ।

अन्तरिक्षको फोहोर कम गर्नको लागि काठको स्टाटेलाइट

अन्तरिक्षको फोहोर कम गर्नको लागि काठको स्टाटेलाइटको प्रयोग गर्न लागिएको कम्पनीले जनाएको छ । धातुको स्टालेलाइट बनाउदा त्यस्ता सामग्री अन्तरिक्षमा नै रहने र यसले अन्तरिक्षलाई प्रदुषित पार्ने भएको कारण काठको स्याटेलाइट अन्तरिक्षमा नै नष्ट र कुनै प्रदुषण नहुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार काठको स्टाटेलाइटको निर्माण भएसंगै यसको प्रयोग पहिले पृथ्वीको अलग अलग क्षेत्रमा गरिनेछ । त्यहाँ सफल भएसंगै यसको प्रयोग अन्तरिक्षमा गरिने छ ।

काठको स्टाटेलाइट पृथ्वीको वातावरणमा फर्कने क्रममा वायु मण्डलमा नै जलेर नष्ट हुने र यसबाट कुनै प्रकारको हानिकारक पदार्थ ननिस्कने कम्पनीको दाबी छ । (बीबीसीबाट)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here