कालो र सेतो ढुसीपछि भारतमा पहेँलो ढुसीको सङ्क्रमण पुष्टि

काठमाडौं, ११ जेठ । भारतमा कालो (ब्ल्याक) र सेतो (व्हाइट) ढुसी (फङ्गस)को सङ्क्रमणपछि पहेँलो ढुसी (यल्लो फङ्गस) को सङ्क्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यम अनुसार उत्तर प्रदेशको गाँजियाबादमा पहेँलो ढुसीको सङ्क्रमणवाट सङ्क्रमित भएका एक व्यक्ति पत्ता लागेको छ ।

कालो र सेतो ढुसीको सङ्क्रमणभन्दा पनि पहेँलो ढुसीको सङ्क्रमण बढी खतरनाक हुन सक्ने भन्दै डाक्टरहरूले चेतावनी दिएका छन् । विज्ञहरूका अनुसार पहेँलो ढुसीको सङ्क्रमण, दुई अन्य सङ्क्रमणभन्दा फरक हुन् ।

यसले शरीरको आन्तरिक अङ्गहरूलाई असर गर्ने तरिकाको कारण सङ्क्रमण बढी खतरनाक हुन सक्छ । दुई अन्य सङ्क्रमणभन्दा फरक, पहेँलो ढुसीको सङ्क्रमण आन्तरिक रूपमा सुरु हुन्छ । पिप निस्किने, घाउको ढिलो निको हुने, गम्भीर अवस्थाहरूमा, अङ्ग विफलता र नेक्रोसिस जस्ता लक्षणहरू निम्त्याउँछ ।

जसकारण बिरामीहरूले लक्षणहरू देख्न सुरु गर्नेबित्तिकै उपचार गराउन महत्त्वपूर्ण हुन्छ । प्रायःजसो ढुसीको सङ्क्रमण फहोर अवस्था, स्वच्छताको कमी, खाना तथा पानीसहितका दूषित स्रोत, स्टेरोइडको अधिक प्रयोग, एन्टीब्याक्टेरियल औषधि वा अक्सिजन प्रयोगको कारण सुरु हुनसक्छ । स्वास्थ्यमा पहिलादेखि समस्या भएका, वा रोग प्रतिरोधात्मक शक्ति कमजोर भएका बिरामीमा सङ्क्रमणको जोखिम उच्च हुन्छ ।

कालो र सेतो ढुसीको सङ्क्रमणले अनुहारमा विकृति र सुन्निने समस्याजस्ता लक्षणहरू निम्त्याउन सक्छ । पहेँलो ढुसी शरीरमा आन्तरिक रूपमा फैलिन थाल्ने हुँदा सुरुमा यसबाट सङ्क्रमित भएका मानिसले कालो र सेतो ढुसीको सङ्क्रमणको लक्षणसहित धेरै फरक लक्षणहरू देखाउन सक्छ ।

शरीरको उर्जा कम हुने, शरीर सुस्त हुने, अत्याधिक थकान, पाचन प्राणालीमा समस्या हुने, खाना नरुच्ने, पटक्कै खान मन नलाग्ने जस्ता लक्षणहरू देखिन सक्छ । यसका साथै बिरामीको शरीरमा मेटाबोलिक परिवर्तन हुने, असामान्य तरिकाले तौल घट्ने र गम्भीर अवस्थामा बिरामीको आँखा रातो हुने, आँखा धसेको जस्तो वा बाहिर निस्केको जस्तो देखिने, घाउ निको हुन समय लाग्ने, पिप चुहिनेजस्ता लक्षण देखिन सक्छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here