एक सातामा ६ अर्ब निक्षेप संकलन हुँदा कर्जा प्रवाह साढे ५ अर्ब

काठमाडौं, ११ जेठ । कोभिड-१९ को दोस्रो लहरको प्रभाव बैंक तथा वित्तीय संस्थामा समेत परेको छ । पछिल्लो समय कर्जा लगानीमा आक्रामक देखिएका बाणिज्य बैंकहरु निषेधाज्ञासँगै सुस्ताएका छन् ।

नेपाल बैंकर्स संघले जारी गरेको जेठ पहिलो हप्ताको तथ्यांक अनुसार कर्जा र निक्षेप दुवै घट्न थालेको हो । देशैभर निषेधाज्ञा जारी रहँदा गत साता बैशाख ३१ देखि जेठ ७ गतेसम्ममा पौन ६ अर्बमात्र निक्षेप संकलन भइ साढे ५ अर्ब कर्जा प्रवाह भएको छ ।

वैशाख ३१ गतेसम्म वाणिज्य बैंकहरूमा ३९ खर्ब ५५ अर्ब ४४ करोड रूपैयाँ निक्षेप थियो । जेठ ७ गतेसम्म उनीहरूसँग भएको निक्षेप बढेर ३९ खर्ब ६१ अर्ब ३० करोड रूपैयाँ पुगेको छ ।

यस्तै वैशाख ३१ सम्म ३६ खर्ब १० अर्ब ५१ करोड रूपैयाँ कर्जा भएकामा बढेर ३६ खर्ब १६ अर्ब ५ करोड पुगेको छ ।

निषेधाज्ञापछिको दुई सातामा वाणिज्य बैंकहरूले जम्मा १७ अर्ब मात्रै कर्जा लगानी गरेका थिए भने निक्षेप संकलन ३३ अर्ब भएको थियो । ।

निषेधाज्ञाको पहिलो सातामा बैकहरुले १० अर्ब निक्षेप संकलन गर्दा १६ अर्ब कर्जा लगानी गरेका थिए । निषेधाज्ञाको दोस्रो सातामा भने २३ अर्ब कर्जा निक्षेप संकलन गर्दा १ अर्ब कर्जा लगानी गरेका थिए ।

तथ्यांक अनुसार १७ बैशाखमा वाणिज्य बैंकहरूले ३५ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । यस्तो कर्जा २४ बैशाखमा ३६ खर्ब नौ अर्ब छ भने ३१ वैशाखसम्म आइपुग्दा ३६ खर्ब ११ अर्ब रुपैयाँ पुगेको देखिन्छ ।

निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प भएकोले पनि बैंकको निक्षेप र कर्जा दुबै घटेको देखिन्छ । १७ वैशाखमा ३९ खर्ब २३ अर्ब रहेको निक्षेप यही महिनाको मसान्तमा आइपुग्दा ३२ अर्बले बढेर ३९ अर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।

वैशाख महिनाभरमा भने वाणिज्य बैंकहरूले जम्मा ११ अर्ब रुपैयाँ मात्रै निक्षेप बढाउन सकेका छन् । वैशाख महिनाको पहिलो सातामा १७ अर्ब रूपैयाँ र दोस्रो सातामा ५ अर्ब गरी दुई सातामा २२ अर्बले निक्षेप घटेको थियो ।

बैंकिङ प्रणालीमा तरलता कायमै रहेकाले बैंकहरुले निक्षेप संकलनमा भने खासैध्यान दिएका छैनन् । सरकारले १६ वैशाखदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा सुरु गरेको थियो भने अहिले देशैभर निषेधाज्ञा भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here