गर्मी र लूबाट बच्ने १५ घरेलु उपाय

यतिबेला नेपालको तराई र पहाडी भेगमा पनि उच्च तापक्रमका कारण मानिस आक्रान्त छन् । चढ्दो तापक्रमले अनेक प्रकारका रोगको संक्रमण पनि बढिरहेको छ । सुख्खा र तातो हावाले गर्दा सास फेर्नै मुस्किल पर्ने अवस्था आएको छ ।
नेपालको भैरहवा, नेपालगन्ज, वीरगन्जलगायत तराई भेगमा गर्मीले बढी सताउँछ । तर, थोरै सावधान अपनाउने हो भने गर्मीबाट सजिलै छूटकारा पाउन सकिन्छ । हामी केही यस्तो उपायबारे चर्चा गर्नेछौं :

# धनियाँ पानीको सेवनले गर्मी काट्न निकै मद्दत गर्छ । धनियाँ पानी घोटेर त्यसमा शख्खर मिलाई खानाले धेरै हदसम्म गर्मीबाट बच्न सकिन्छ ।

# इमलीको वियाँलाई पिसेर पानीमा घोल्ने र त्यसलाई छानेर शख्खर मिलाई पिउँदा पनि अधिक गर्मीबाट ज्यानलाई राहत मिल्छ ।

# गर्मी मौसममा तयारी र वनावटी पेय पदार्थको सेवन भन्दा लस्सी र दही बढी लाभदायक मानिन्छ । त्यसमा वीरे नुन, जीराजस्ता औषधीय गुण भएका वस्तु राखेर खाँदा झनै राम्रो हुन्छ । नरिवल पानी, निम्बु पानी तथा सकेसम्म बढी फलफुलको ताजा जुस र फलफुल सेवनबाट पनि गर्मी भगाउन सकिन्छ । तर, कोल्ड डिंस भने स्वास्थ्यका लागि लाभकारक हुँदैन ।

# गर्मीमा पानी पिउन अल्छी मान्नु हुँदैन । तपाईलाई तीर्खा छैन, तर पनि पानी प्रसस्त पिउनुहोस । गर्मीमा पसिनाका माध्यमबाट बढी पानी शरीरबाट बाहिरिने गर्छ । प्रतिदिन ३ लिटरसम्म पानी पिउनु पर्छ ।

# लौकामा अधिक पानी हुन्छ । लौकाको तरकारी, यसको जुस पनि पिउन सकिन्छ । नेपालमा पाल्पामा चर्चित चुकौनी गर्मीबाट पार पाउने अर्को राम्रो परिकार हो । आलुमा दही मिलाएर पकाएको यस परिकारले गर्मीमा खाना पचाउन समेत सहयोग गर्छ ।

# गर्मीमा घमौरा या अन्य छालाजन्य रोगले सताउने गर्छ । यसबाट छूटकारा पान तुल्सी र नीमलाई घोटेर त्यसको पेस्ट छालामा दल्दा धेरै हदसम्म आराम मिल्छ ।

# शरीरमा पानीको मात्र अधिक कम भएपछि त्यसले उत्पन्न हुने कमजोरीका कारण मानिस मुर्छा पर्न सक्छ । यसबाट बच्न पानीमा ग्लूकोज घोलेर पिउनु पर्छ । अन्य स्वास्थ्यलाई लाभ गर्ने इनर्जी डिं«कको पनि प्रयोग गर्न सकिन्छ ।

# ग्रामिण भेगमा माटोका भाडामा राखिएको पानीले अधिक गर्मीमा निकै ठूलो राहत दिन्छ । जहाँ फ्रिजको व्यवस्था छैन, त्यहाँ माटोका भाडाको प्रयोग बढी गर्न सकिन्छ ।

# गर्मीको समयमा भिटामिन सी र ए हुने खाद्य वस्तु ढी खानुपर्छ । यसमा हरियो सागसब्जी र फलफूल बढी सेवन गर्न सकिन्छ । पुदिना, तुल्सीजस्ता जडिबुटीलाई अधिकतम प्रयोग गर्ने बानी बसालौं ।

# गर्मीमा पाचन प्रक्रिया ठिक राख्न प्याजको प्रयोग राम्रो मानिन्छ ।

# गर्मीमा खुला र सुतीको कपडा लगाउनु राम्रो मानिन्छ । कपडाका कारण पनि शरीरले बढी असहज महसुश गर्न सक्छ ।

# गर्मीमा बाहिर निस्कनु छ भने टाउको बचाउनु अत्यावयक हुन्छ । छाता अनिवार्य ओड्नु पर्छ । टाउकोमा पातलो रुमाल, टोपी या अन्य कपडाको प्रयोग गर्न सकिन्छ । चर्को घाममा छाला बाहिर देखाएर हिड्नु हुँदैन ।

# उच्च एसी या कुलरमा बसिरहनु भएको छ भने तत्काल घाममा ननिस्कनुस, एसी चलिरहेको गाडीबाट हत्तपत्त गर्मीमा ननिस्किनुस, गाडी रोकेको दुई मिनेट सम्म एसी बन्द गरेर ढोका खुलै राखेपछि मात्र उत्रनु राम्रो मानिन्छ ।

# चर्को गर्मीबाट आएर सिधै एसी या कुलर भएको कोठामा नछिर्नुहोस । ज्यानले बिस्तारै त्यसको महसुश गर्नुपर्छ ।

# गर्मीमा धेरै चिया, मसलेदार खाद्यान्न र बिडी सिगरेट तथा जाड रक्सी सबैभन्दा हानिकारक हुन्छ । यस्तो बानी छ भने कम गर्नुहोस, सम्भव छ भने छाड्नु होस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here