नयाँ कार चलाउँदै हुनुहुन्छ ? यी ५ कुरामा ध्यान दिनुहोस्

काठमाडौं । नेपालमा कारको मूल्य अन्य देशको तुलनामा महंगो हुने भएकाले धेरैले यसलाई एक यातायातको साधनको रुपमा भन्दा पनि उच्च आर्थिक हैसियतको सूचकको रुपमा धेरैले लिन्छन् ।

धेरै वर्षको कडा मेहनत पनि थोरै मानिसले मात्रै आफ्नै कार किनेर चढ्ने सपना पूरा गर्न सक्छन् त्यसैले अझै पनि कार धेरै मानिसको पहुँचबाट टाढै छ ।

धेरै दुख गरि कमाएको पैसा खर्च गरेर महंगोमा किनेको कार चलाउँदा त्यसको सुरक्षामा पनि ध्यान दिनुपर्छ । अझै, नेपालमा सडकको अवस्था राम्रो नभएका कारण नयाँ कार चलाउँदा गाडिको हिफाजतमा पनि ध्यान दिनुपर्छ ।

नयाँ कार चलाउँदा के के कुरामा ध्यान दिने ?

१. भर्खरै किनेको नयाँ कारलाई एकपटक सर्भिसिङ नभएसम्म अत्यन्त संयमित भएर चलाउन आवश्यक हुन्छ । त्यस्तै कारको नियमित सर्भिसिङको समयमा सर्भिसिङ गराउन भुल्नु हुदैन् ।

समय नाघेपछि सर्भिसिङ गर्दा कारमा पनि धेरै समस्याहरु देखा पर्ने हुन्छ भने धेरै पैसा पनि खर्च हुने गर्दछ । त्यसकारण सभिसिङलाई कहिल्यै पनि भुल्नु हुदैन् ।

२. धेरैजसो मानिसहरुको बानी नयाँ कारको एक्सिलेटर बिनाकारण धेरै दबाउने हुन्छ । कतिपय समयमा धेरै मानिसहरु स्टार्ट बन्द गर्नु पहिले २, ३ पटक एक्सिलेटर दबाउने गरेको पाईन्छ । यस्तो गर्नाले ईन्जिनमा धेरै असर पर्छ ।

कारलाई विस्तारै चलाउनुको साथै कम मात्रामा एक्सिलेटर दबाउने गर्नुपर्दछ । बिनाकारण एक्सिलेटर थिच्ने बानीको कारण एक त इन्धनको खपत धेरै हुने गर्दछ भने अर्को माइलेज पनि कम हुने गर्छ ।

३. धेरै ग्राहकहरु कार किन्ने बित्तिकै त्यसको बारेमा सामान्य जानकारी पनि प्राप्त नगरि सिधै चलाउने गर्छन् । उनीहरु कार किन्दा कारको बारेमा सम्पुर्ण जानकारी भएको ‘यूजर मेनुअल बुक’ पनि पाइन्छ भन्ने ख्यालै गर्दैनन् । त्यस्तो बुकमा कारलाई कसरी चलाउने भन्ने सम्पुर्ण जानकारी हुन्छ ।

त्यसैले कार किन्दा पाइने यूजर मेनुअल बुकलाई पढेर त्यसको निर्देशन अनुसार नै कार चलाउनु भयो कारमा कम समस्याहरु देखिन्छ ।

४. हरेक कारमा एउटा निश्चित तौल क्षमता हुन्छ । तर, क्षमता भन्दा धेरै मात्रामा तौल राख्दा कारको अवस्था बिग्रन्छ । धेरै मात्रामा तौल भएको सामान राख्दा कारको टायर र इन्जिनमा नराम्रो असर पर्छ साथै गाडीको गतिमा पनि कमी आउन सक्छ ।

५. नयाँ कारलाई कुनैपनि अन्य कारहरु तान्नको लागि प्रयोग गर्नु हुँदैन । यस्तो कार्य गरेमा त्यसको प्रत्यक्ष असर इन्जिनमा देखा पर्छ । यदि कारको २, ३ पटक सर्भिस भईसकेको छ भने त्यस्तो अवस्थामा चैं यस्तो काम गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here