काठमाडौं । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्ने क्रममा छ । चिसो बढ्ने क्रममा रहेका कारण मानिसलाई दैनिक काम गर्न सजिलो पनि हुँदैन । चिसोले जुनसुकै बेला पनि स्वास्थ्यलाई असर गर्न सक्छ ।
जाडो यामसँगै हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जाने चिकित्सकहरु बताउँछन् ।
जाडो बढेसँगै हामीले स्वास्थ्य रहनका लागि विभिन्न कुरामा ध्यान पुर्याउनु जरुरी हुन्छ । जाडो याममा छाला सम्बन्धी समस्या, स्वास प्रस्वास, हाड जोनी दुख्ने, ढाड दुख्ने, रक्तचाप बढ्ने जस्ता समस्या देखिन्छन् ।
यसबाट जोगिन हामीले हाम्रो बानी, व्यवहार, खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जाडो मौसम सुरु भएलगत्तै हामीलाई रुघा, खोकी, ज्वरोजस्ता स्वास्थ्यसम्बन्धी समस्याहरुले सताउने गर्दछ ।
यो मौसममा चिसोबाट बच्नका साथै आफ्नो स्वास्थ्यको पनि विशेष ध्यान दिनुपर्छ । प्रतिरक्षा प्रणालीलाई बलियो बनाईराख्नको लागि यो मौसममा खानपानमा विशेष ध्यान दिनुपर्छ ।
यस्तो छ चिसो मौसममा खानुपर्ने र खान नहुने कुराः
के खाने ?
१. च्याउ
च्याउमा पाईने पोषक तत्वले हाम्रो शरिरको रोग प्रतिरोधक क्षमताको विकासमा सहयोग गर्छ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्दछ ।
२. लसुन
चिसो मौसममा लसुन निकै लाभदायीक मानिन्छ । यसले चिसो मौसममा कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ ।
३. सुप
चिसो हावाबाट बच्नका लागि सुपलाई निकै राम्रो मानिन्छ । ठूलो कचौरा एक कचौरा सुप पिउनाले पेट पनि भरिन्छ र तपाईंलाई चिसो र ज्वरोबाट बचाउँछ ।
४. पालुड्डो
पालुङ्गोमा निकै धेरै एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल पाइने हुनाले यसले प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्ने गर्दछ ।
५. गाजर
चिसो मौसममा गाजरलाई आफ्नो खानपानमा समावेश गर्नुपर्छ । यसले शरीरमा पैदा हुने भाइरसलाई नष्ट गर्ने गर्दछ ।
६. मरिच
चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ ।
७. अदुवा
चिसो मौसममा अदुवा मिसाएको चियाले शरिरलाई न्यानो बनाईराख्नको लागि सहयोग गर्छ ।
८. चिया
चिसो मौसममा सकेसम्म हर्बल चिया खानुपर्छ । यो मौसममा चिया पिउँने मानिसहरुलाई हत्तपत्त चिसोसम्बन्धी रोगले छुँदैन ।
जाडोमा के नखाने ?
– चिसो खानेकुरा र चिसो पेय पदार्थहरु
– आइसक्रिम र मिठाईहरु
– पनिर, क्रिम र दही
चिसो मौसममा के नगर्ने
– दिउँसो नसुत्ने
– चिसो पानीले ननुहाउने
– चिसोमा ऊनीका कपडा लगाएर बाहिर जाने
– चिसो हावा, पंखा वा एसीको सम्पर्कमा नरहने । (एजेन्सीको सहयोगमा)