शेयर कर्जाको बाहानामा ठूला खेलाडीको ‘प्यानिक सेल’ : डुब्दैछन् साना लगानीकर्ता

अर्जुन न्यौपाने

काठमाडौं, १२ मंसिर । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा शेयर धितोकर्जाको विषयमा हेरफेर नगरेपछि लगानीकर्ताहरु आत्तिएपछि बजारमा गिरावट आएको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामा पनि शेयर धितो कर्जाको सीमा यथावत राखेपछि लगानीकर्ता निरुत्साहित हुँदा बजारमा ठूलो गिरावट आएको हो ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति २०७८ साउन २९ मा जारी गर्दा शेयर कर्जामा व्यक्तिगत तर्फ ४ करोड र संस्थागत १२ करोडको सीमा तोकेको थियो।

समीक्षमा उक्त विषय संसोधन हुने आशा लगानीकर्ताले गरेको तर संसोधन नभएपछि आत्तिँदा बजार घटेको हो ।

लगानीकर्ताले उक्त व्यवस्था खारेज गर्ने अपेक्षा गरे पनि राष्ट्र बैकले कुनै परिवर्तन नगरेपछि लगानीकर्ता निराश भएको देखिन्छ एक जानाकारले भने । लगानीकर्ताहरु त्रसित बन्द केही दिन बजार घटेपनि २६०० अंकभन्दा तल नजाने उनको तर्क छ।

‘बजार घट्ने जति घटिसकेको छ। अब व्यादर स्थिर हुन थालेकोले विस्तारै बजारमा पैसा आउन थाल्ने हुनाले बजार घट्ने कुनै आधार छैन् ।

अहिले शेयर होल्ड गर्न सके अब केही समयभित्रै नाफा हात पार्न सकिनेछ उनले भने ।’ यसर्थ, आम लगानीकर्ता यस्तो बेलामा पेनिक हुनु हुँदैन ।

‘शेयर बजार बढ्दै छ’ भन्ने हल्ला फैलाएर किन्न उक्साउने अनि ‘घट्दै छ’ भनेर त्रास फैलाएर साना लागानीकर्ताहरूलाई बेच्न लगाउनुलाई ‘प्यानिक सेल’को रूपमा हेर्ने गरिन्छ।

ठूला लगानीकर्ताले बजारबारे विभिन्न डर देखाएर साना लागानीकर्ताहरूलाई निर्णय नै लिन नसक्ने अवस्थामा पुर्‍याउँछन्। यस्तो अवस्थामा किन्ने वा बेच्ने भनेर बजारमा भर्खरै प्रवेश गरेका लगानीकर्ताहरूले निर्णय गर्न सक्दैनन्।

शेयर कर्जाको सीमा अहिले ठूला लगानीकर्ताको लागि बाहाना जस्तै भैसकेको छ । यसले बजारमा खासै असर भने गरेको देखिन्न । मौद्रिक नीतिको त्रैमासिक समीक्षासम्म नै यसलाई बाहाना बनाउनु पर्ने कुनै कारण देखिदैन ।

अस्वाभाविक रूपले स्थिर बनाउनको लागि ठूला लागानीकर्ताहरूले विभिन्न खाले सन्देशहरू फाल्ने गर्छन्। त्यो सन्देशको आधारमा निर्णय गर्न नसकेर साना लगानीकर्ता भने प्रोफिट बुक गरेर जान्छु भन्ने निर्णय गर्छन्।

मौद्रिक नीतिको त्रैमासिक समीक्षापनि त्यस्तै पर्न गएको हो । १/२ दिन घटाएर फेरि बजार बढाउँदै ठूला खेलाडीले नाफा बुक गर्ने गरेका छन् ।

कुनै पनि कम्पनीको मूल्य ३० देखि ५० प्रतिशतसम्म घट्यो भने पनि त्यो कम्पनीको शेयर मूल्य केही समयमा नै बढ्ने गरेको पाइन्छ ।

तर, त्यसको लागि अनेक बाहानाबाजी निकाल्ने कि सम्बन्धित निकायको व्यक्तिले बोलेको बोलीलाई नै माध्यम बनाउने नेपाली बजारमा प्रचलन रहेको छ ।

बजारलाई एकै छिनमा घटाएर तल पुर्‍याउने र बढाएर माथि पुर्‍याउँदा साना लगानीकर्ताहरूले सही सूचना नपाउँदा बजारबाट बाहिरन बाध्य हुने गरेको लगानीकर्ताहरुको अनुभव छ।

अहिलेको जस्तो अवस्थामा प्यानिक सेलको सिकार भयौं भने पुनः बजारमा फर्कन गाह्रो हुन्छ त्यसकारण नै ठूला लगानीकर्ता तथा आफूहरूले मात्रै कमाउनु पर्छ भन्ने सोच राख्ने सीमित व्यक्तिहरूको चलखेलबाट बच्नुपर्नेछ । जसको प्रत्यक्ष असरमा परेका छन् साना लागनीकर्ता ।

बजारमा प्यानिक सेल हुन लागेपछि ठूला लगानीकर्ता अम्बिका पौडेलले सामाजिक संजालमा लेखेका छन् -‘फेरी भोलि ठूलाले खाए भनेर रोइलो देख्न नपरे हुन्थ्यो। घट्दो नेप्से र बिक्री प्रेसर’ ।

उनको आशय समेत प्यानिक सेल नगरौं भन्नेतर्फ छ । किनकी निकट भविष्यमा बजार बढ्दा लाभ ठूलो लगानीकर्ताले नै पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here