यसकारण भाँडिदैछ हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर

काठमाडौं, ३० पुस । हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्ज हुने सम्भावना कम हुँदै गएको छ ।

वार्षिक साधारण सभा लगायत मर्जरका लागि आवश्यक विशेष साधारण सभा आज हुँदैछ । आजको साधारण सभामा मर्जरको विपक्षमा मतदान गर्ने निश्चित जस्तैछ।

मर्जरका प्रस्ताव साधारणसभाबाट पारित नभए उक्त प्रक्रियाले अन्तिम रुप पाउनेछैन् ।

इन्भेष्टमेन्ट बैंकले वार्षिक साधारणसभामार्फत मर्जरको प्रस्ताव पारित गरिरकेको छ । हिमालयन बैंकले पारित नगरेको मर्जर प्रक्रिमयामा ढिलाई भएको थियो ।

हिमालयन बैंक र कर्मचारी सञ्चय कोषका पदाधिकारी नै किन मर्जर भाँड्न लागे भन्ने प्रश्न पनि बारम्बार उठ्ने गरेको छ ।

किन भाँडिदैछ मर्जर

दुबै बैंकले गरेको सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) मा कर्मचारी संचय कोष लगायत करिब ३६ प्रतिशत शेयरधनीको चित्त बुझेको छैन् ।

डीडीएमा हिमालयन बैंकको एक कित्ता सेयर बराबर इन्भेष्टमेन्ट बैंकको पनि एक कित्ता शेयर हुने भन्नेछ ।

त्यो मूल्यांकनमा हिमालयन बैंकको सम्पत्तिको कम मूल्यांकन गरिएको र इन्भेष्टमेन्टको बढी गरिएको भन्दै कोष लगायत शेयरधनीले विरोध गरेका छन् । यसकारण आजको साधारण सभामा उनीहरुले मर्जरको विपक्षमा मतदान गर्ने निश्चित जस्तै छ।

कोषले गरेको अध्ययनमा हिमालयन बैंकको १ कित्ता शेयर बराबर इन्भेष्टमेन्टको ०.७८ कित्ता शेयर हुने भन्ने छ । यो प्रस्ताव सम्बोधन नभएसम्म कोषले मर्जरमा सहमति नजनाउने भएको छ ।

हिमालयन बैंक सञ्चालक समितिमा रहेका केही व्यक्तिको इन्भेष्टमेन्ट बैंकमा पनि ठूलो शेयर लगानी छ । केहीको पारिवारीक सम्बन्ध छ । यसकारण ती समूह जसरी भएपनि मर्जरमा जाने पक्षमा छन् ।

यी बैंकले आपसमा गाभिनका लागि गत वैशाखमा समझदारीपत्रमा (एमओयू) हस्ताक्षर गरेका थिए । सम्झौता गर्दा दुई महिनाभित्र मर्जर पूरा गर्ने बताइएको थियो ।

मर्जरमा गए ‘हिमालयन एन्ड नेपाल इन्भेस्टमेन्ट बैंक’ हुनेछ । उक्त बैंक हाल सञ्चालनमा रहेका नेपालका वाणिज्य बैंकमध्ये सबैभन्दा ठूलो हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here