नेप्सेमा सूचीकृत कम्पनीमध्ये ३६ वटा ‘ए’ वर्गमा, कुन समूहमा कस्ता कम्पनी ? (सूचीसहित)

काठमाडौं, ६ चैत । नेपाल स्टक एक्चेन्ज (नेप्से)ले धितोपत्र कारोबारको लागि सूचीकृत कम्पनीहरुको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ ।

नेप्सेले धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम सूचीकृत कम्पनीहरुको वर्गीकरण सार्वजनिक गरेको हो ।

नेप्सेले वर्गीकरणमा समावेश गरेका २२९ कम्पनीमध्ये ‘ए’ समूहमा २५ वटा वाणिज्य बैंक, ४ वटा विकास बैंक, २ फाइनान्स कम्पनी, १ लघुवित्त संस्था र ३ वटा हाइड्रोपावर कम्पनी र १ उत्पादनमूलक कम्पनी रहेका छन् ।

९ वटा ‘बी’, ३६ वटा ‘सी’ र १४८ वटा कम्पनी ‘जेड’ समूहमा परेका छन् । नेप्सले वर्गीकरणमा डिबेञ्चर र म्युचुअल फण्डलाई भने समावेश गरेको छैन ।

त्यसैगरी, समूह ‘बी’ मा २ वटा फाइनान्स कम्पनी, ४ वटा लघुवित्त संस्था, २ वटा हाइड्रोपावर कम्पनी र १ लगानी कम्पनी गरी ९ कम्पनी परेका छन् ।

त्यस्तै, समूह ‘जी’ मा ८ वटा लघुवित्त संस्था, ५ वटा जीवन बीमा कम्पनी, ३ वटा निर्जीवन बीमा कम्पनी, १४ वटा जलविद्युत कम्पनी, ४ वटा लगानी कम्पनी र एउटा होटेल तथा पर्यटन समूहका कम्पनी परेका छन् ।

त्यस्तै, समूह ‘जेड’मा एउटा वाणिज्य बैंक, १२ वटा विकास बैंक, १६ वटा फाइनान्स कम्पनी, ४० वटा लघुवित्त संस्था, ७ वटा जीवन बीमा कम्पनी, १५ वटा निर्जीवन बीमा कम्पनी, २८ वटा जलविद्युत कम्पनी रहेका छन् ।

४ वटा व्यापार समूहका कम्पनी, १८ वटा उत्पादनमूलक कम्पनी, ४ वटा होटेल तथा पर्यटन समूहका ४ वटा कम्पनी र अन्य समूहका २ वटा कम्पनी रहेका छन् ।

कम्पनीको वर्गिकरण सम्बन्धी विनियमावलीमा ‘ए’ वर्गमा पर्नका लागि क्रेडिट रेटिङ औसतभन्दा माथी हुनुपर्ने र क्रेडिट रेटिङको समय नसकिएको हुनुपर्ने छ ।

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार ‘ए’ वर्गमा रहने संगठित संस्थाको कम्तीमा एक अर्ब चुक्ता पूँजी भई सञ्चालन भएको तीन वर्ष पूरा भएको, तीन वर्षदेखि नाफामा रहि लाभांश बाँडेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सो भन्दा माथिको रेटिङ प्राप्त गरेको हुनुपर्छ ।

तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा गरेको हुनुपर्ने व्यवस्था रहेको छ । त्यस्तै नेप्सेमा सूचीकृत भएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्छ ।

यस्तै, ‘ए’ वर्गमा पर्ने कम्पनीले ५० करोड चुक्ता पूँजी कायम गरेको, सूचीकृत भएको कम्तीमा तीन बर्ष भएको, विगत तीन वर्षमा दुई आर्थिक वर्ष नाफा गरेको, क्रेडिट रेटिङ संस्थाबाट कम्तीमा औसत भन्दा एक तह मुनीको रेटिङ प्राप्त गरेको र सञ्चित नोक्सानी नभई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्छ ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम ११ (६) ग मा सूचीकृत भएका कम्पनी २ वर्ष पूरा नभएसम्म ‘जी’ वर्गमा राखिने उल्लेख छ । ‘जी’ वर्गको वर्गिकरणमा पनि समावेश हुन नसक्ने कम्पनी ‘जेड’ वर्गमा पर्नेछन् ।

नेप्सेले गत माघ ८ गदेखि फागुन २३ गतेसम्म सूचीकृत कम्पनीहरुसँग वर्गीकरण गर्नका लागि आवश्यक विवरणहरु माग गरेको थियो। प्राप्ति विवरणका आधारमा कम्पनीहरुको वर्गीकरण गरिएको नेप्सेले जनाएको छ।

उक्त वर्गीकरणमा परेका संगठित संस्थाहरुले उल्लेखित समूहमा पर्नु वा नपर्नुको कारणसहित ३५ दिनभित्र दाबीसहितको आवेदन दिन नि नेप्सेले आग्रह गरेको छ।

सूचीकृत कम्पनीहरुको वर्गीकरण सूचीको पूर्ण विवरण हेर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here