किताब बजारमा अब निजी क्षेत्रको स्वामित्व

काठमाडौं । नेपालको शिक्षा प्रणालीलाई प्रविधिसँग जोड्ने उद्धेश्यले ल्याएको किताब बजार नामक अनलाइन डिजिटल प्लेटफर्मको स्वामित्व निजी क्षेत्रले लिएको छ ।

विश्व बैकको आर्थिक सहयोग तथा वल्र्ड भिजन अन्तराष्ट्रिय प्राविधिक सहयोगमा सञ्चालित किताब बजारको स्वामित्व निजी क्षेत्रले लिएको हो ।

राजधानीमा आयोजित एक कार्यक्रमकाबीच वल्र्डभिजनले टुगलक्रप सोलुसन प्रा।लि।लाई किताब बजारको स्वामित्व हस्तान्तरण गरेको छ ।

यो प्रयासले कार्यक्रमको दिगोपना कायम रहने विश्वस गरिएको छ ।

शिक्षा प्रणालीलाई सहज गर्न र पुस्तक आपुर्ति श्रृंखलामा माग र आपूर्तिबीचको खाडललाई सम्वोधन गर्न यो डिजिटल प्लेटफर्मको विकास गरिएको हो ।

नेपालको विभिन्न ६ जिल्लाहरु सुनसरी, मोरङ, बझाङ, डोटी, कैलाली र सर्लाही जिल्लाका ९५० भन्दा बढी सामुदायिक विद्यालयमा यो प्लेटफर्मको प्रयोग गरि सकिएको छ ।

यो सुविधा उपलव्ध विद्यालयहरुको समग्र वृद्धि विकासको अवस्था १५ प्रतिशतबाट ९२ प्रतिशतसम्म विकास भएको तथ्यांक किताव परियोजनाको अध्ययन विश्लेषणले देखाएको छ ।

किताव बजारले कक्षा १ देखि ३ सम्मका बालबालिकालाई लक्षितगरि पाठ्य सामग्रीहरु उपलव्ध गराउँदै आएको छ ।

किताबबजार एक डिजिटल प्लेटफर्म हो । यसबाट विद्यालयहरुले आफ्नो आवश्यकता अनुरुप थप पाठ्यपुस्तक खरिद गर्न सक्ने सहज वातावरण तयार गर्दछ ।

यसले व्यवसायिक प्रकाशन गृह र विद्यालयबीच प्रत्यक्ष सम्वन्ध स्थापित गरि पाठ्य पुस्तकहरुको सहज पहुँचको अवस्था सिर्जन गर्न सकिन्छ ।

यसैगरी बालबालिकाका लागि पुस्तक छनोट, अर्डर र खरिद गर्ने सम्पूर्ण प्रक्रियालाई समेत सरल बनाउन सघाउने कार्य यो प्लेटफर्मले गर्नेछ ।

किताब परियोजना सन् २०१८ देखि नेपालका विभिन्न विद्यालयरुमा सञ्चलित कार्यक्रम हो । परियोजनाले १ लाख ३५ हजार भन्दा बढी पुस्तककक्षा १ देखि ३ सम्मका बालबालिकालाई वितरण गरेको छ ।

यसैगरी परियोजनालागू भएका विद्यालयहरुमा २५०० ओटा बुक कर्नरको स्थापना समेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here