डा. रबीन्द्र पाण्डे
जनस्वास्थ्य विज्ञ
काठमाडौं । देशभर डेंगु फैलिएको छ । डेंगुबाट धेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो ।
तर काठमाडौंमा डेंगु संक्रमण यो भन्दा ५ गुणा बढी रहको तथ्यांकले देखाएको छ । जनस्वास्थ्य विज्ञ डा। रबीन्द्र पाण्डेको अनुसार काठमाडौं उपत्याकामा डेंगुको प्रकोप अकल्पनीय छ ।
घरघरमा बिरामी छन् । यसअघिका डेंगुका प्रकोपभन्दा यो निकै फरक छ । अधिकांश संक्रमितलाई कोभिड भन्दा गाह्रो भएको छ ।
सबै अस्पताल भरिभराउ रहेका छन् । आइसीयु र भेन्टिलेटरमा धेरै संक्रमित छन् ।
जुन संक्रमितले खाना, फलफूल, पानी प्रशस्त खाएका छन् ।
उनीहरु छिटो निको भएका छन् । जुन संक्रमितलाई सुरुमै बान्ता भएको छ । उनीहरु खान तथा पिउन डराउँदा सिकिस्त भएका छन् ।
पारासिटामोलको चर्को अभाव छ । धेरै संक्रमितलाई एउटा पारासिटामोलले ज्वरो घटाएको छैन ।
तपाईं वा आफन्त संक्रमित भएको छ भने यी कुरामा ध्यान दिनुहोला –
१. जति सक्यो दाल, गेडागुडीको रस, मेवा / किवी / अनार / जुनार / पाकेको फर्सी / पालुंगो / दुध / जीवनजल, सादा पानी पटकपटक प्रशस्त खुवाउनुहोला |
२. मनतातो पानीपट्टी तथा पारासिटामोलले ज्वरोलाई नियन्त्रण गर्नुहोला ।
३. बान्ता भएमा बान्ता रोक्ने औषधि सेवन गर्नुहोला ।
४. शरीरमा एलर्जीजस्तै बिमिरा भएमा एलर्जीको औषधि सेवन गर्नुहोला ।
५. झुक्किएर पनि फ्लेक्सन, ब्रुसेट, पाराफ्लाम, निम्स आदि पेन किलर नखानुहोला ।
६. शरीरमा पानी कम भए, खान नसके, ज्वरो नियन्त्रण नभए, नाकमुख वा अन्य ठाउँबाट रगत आएमा तुरुन्त नजिकको अस्पतालको इमर्जेन्सीमा जानुहोला | भरे / भोलि नभन्नुहोला |
७. बालबालिकाको ज्वरो नियन्त्रणमा नराखे Febrile seizure अर्थात बेहोश हुन सक्छन । ज्वरो नियन्त्रण नभए १ मिनेट पनि घरमा नराख्नुहोला |
८. चिकित्सकको सिफारिसबिना कुनै पनि औषधि सेवन नगर्नुहोला ।
९. डेंगुमा अन्धाधुन्ध मेवाको पात खाने लहर चलेको छ । मेवाको पातले डेंगु निको गर्दैन । प्लेट्लेट्स धेरै घटेमा बढाउने काम गर्दछ ।
त्यसको लागि औषधि कम्पनीले निकालेका चक्की वा चिकित्सकको सल्लाह अनुसार मेवाको पात प्रशोधन गरेर दिनमा ३० मिलि भन्दा धेरै प्रयोग नगर्नुहोला । मेवाको पातको रस, मेवा, किवी आदिले प्लेट्लेट्स बढाउने प्रमाणित तथ्य हो ।
१०. महंगा फुड सप्लिमेन्ट तथा भिटामिनहरु नखानुहोला । खानुपरेमा औषधि कम्पनीले उत्पादन गरेका भिटामिन चिकित्सकको सल्लाह अनुसार खानुहोला ।
११. लक्षण देखिनेबित्तिकै Blood CBC, Dengue Prophile टेस्ट गर्नुहोला । २ दिन बिराएर Blood CBC टेस्ट गर्नुहोला | प्लेट्लेट्स ७० हजारभन्दा कम भएमा चिकित्सकसंग तुरुन्तै सम्पर्क राख्नुहोला ।
१२. डेंगुले धेरै दुख दिन्छ तर सितिमिति मार्दैन । मनोबल उच्च राख्नुहोला ।
(डेंगी एक व्यक्तिबाट अर्को व्यक्तिमा नजिकको सम्पर्कबाट सर्दैन | संक्रमितलाई टोकेको लामखुट्टेले टोकेमा मात्र सर्दछ | तसर्थ लामखुट्टेको टोकाइबाट बच्ने हर प्रयास गर्नुहोला ।)
सन् २०१९ पछि यो वर्ष डेंगु फेरि प्रकोपकै रूपमा फैलिरहेकाले लामखुट्टेको टोकाइबाट बच्न र सरसफाइमा ध्यान दिन विज्ञहरूले सुझाव दिएका छन् ।
नेपालमा पहिलो पटक सन् २००४ मा डेंगुको पहिलो बिरामी भेटिएका थिए। त्यसयताका वर्षमा नेपालमा डेंगु संक्रमण बढ्दै गएको छ। खासगरी सन् २०१३ देखि डेंगुको संक्रमण बढ्दै गएको देखिन्छ।
इडिसिडीको विवरणअनुसार सन् २०१४ मा ३५६ जना, सन् १०१५ मा १२५ जना, सन् २०१६ मा १५ सय २७ जना, सन् २०१७ मा २१ सय ११ जना, सन् २०१८ मा ८११ जना, सन् २०१९ मा १७ हजार ९९२जना, सन् २०२० मा ५३० जना र सन् २०२१ मा ५४० जना डेंगुका बिरामी भेटिएका थिए।
यसअघि सन् २०१९ मा नेपालमा डेंगुको संक्रमण धेरै फैलिएको भए पनि मृत्यु हुनेको संख्या थोरै थियो। सन् २०१९ मा लगभग १८ हजार बिरामी हुँदा ६ जनाको मात्र मृत्यु भएको थियो।
सन् २०२० र २०२१ मा संक्रमण थोरै देखिएको थियो। नेपालमा पछिल्ला वर्ष डेंगु संक्रमण बढ्दै जानु एक प्रमुख कारण जलवायु परिवर्तन पनि रहेको आंकलन गरिएको छ ।
नेपालमा केही वर्षयता यो मौसममा एक समय निरन्तर पानी आउने र चर्को घाम लाग्ने गरेको र यो खालको मौसममा डेंगु फैलाउने एडिस एजिप्टाई जातको पोथी लामखुट्टे अत्यधिक संख्या वृद्धि भएकाले पनि डेंगु संक्रमण बढेको हुनसक्ने बताइएको छ ।