Tag: महँगियो तरकारी

महँगियो तरकारी: घिरौलाको भाउ १५ दिनमै किलोमा ७५ रुपैयाँ बढ्यो

भदौं ३० गते थोक मूल्य प्रतिकिलो २५ रुपैयाँ रहेको घिरौलाको मूल्य असोज १६ गते १ सय रुपैयाँ पुगेको छ । १५ दिनअघि किलोको ६० रुपैयाँ रहेको भिण्डी बढेर १२० रुपैयाँ पुगेको छ ।

महँगियो तरकारी: आलुको भाउ गत वर्षको तुलनामा दोब्बर वृद्धि

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार मंगलबार रातो आलुको थोक मूल्य प्रतिकेजी ९५ रुपैयाँ र मुडेको आलु प्रतिकेजी ८० रुपैया रहेको छ । आलु रातो(भारतीय) भने किलोको ६० रुपैयाँ तोकिएको छ ।

महँगियो तरकारी: आलुको भाउ एक महिनामै दोब्बर

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार शनिबार रातो आलुको थोक मूल्य प्रतिकेजी ७० रुपैयाँ र मुडेको आलु प्रतिकेजी ६० रुपैया पुगेको छ । असार ११ गते रातो आलु ४२ रुपैयाँ र मुडेको आलु ३४ र सेतो आलु २८ रुपैयाँ थियो ।