Tag: विद्युतीय गाडी

टेस्लालाई उछिन्दै बीवाइडी बन्यो विश्वकै ठूलो विद्युतीय सवारी विक्रेता

यससँगै विश्वको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादकको रूपमा आएको छ । विद्युतिय सवारीको क्षेत्रमा चीनको प्रभुत्व रहेको प्रष्ट पार्छ । यस अघि विद्युतीय कार उत्पादन तथा बिक्रीमा अमेरिकी कम्पनी टेस्लाको वर्चस्व थियो।

विद्युतीय गाडी र बाइक शोरुमलाई ८० प्रतिशत कर छुट

महानगरले आर्थिक वर्ष २०७७/ ७८ को आर्थिक विधेयकमार्फत् महानगर भित्रका दुइपांग्रे तथा चार पांग्रे विद्युतिय सवारी साधनको शोरुमको करमा ८० प्रतिशत छुट पाउने उल्लेख गरिएको छ ।

गैरकानूनी रुपमा भित्रिएका ८ वटा विद्युतीय गाडी १० महिनादेखि बन्दरगाहमै थन्किए

ती गाडीहरु मगाउने व्यक्तिहरुले जरिवाना तिर्न नसक्दा १० महिनादेखि सो भन्सार कार्यालयमा थन्किएको हो। त्यस्ता गाडीमा ४० प्रतिशत जरिवाना तिरेर जाँचपास गराउन सक्ने व्यवस्था नयाँ वजेटले गरेको छ।

एक वर्षमा कति भित्रियो विद्युतीय गाडी, कुन महिनाको कति आयात ...

विभागले सार्वजनिक गरेको तथ्याङ्कमा चालु आर्थिक वर्षको ११ महिनामा ५७४ विद्युतिय गाडी आयत भएको देखिएको छ । साथै, जेठ महिनामा ९३ वटा विद्युतिय गाडी आयात भएको हो ।

विद्युतीय गाडीको अन्तःशुल्क र भन्सार व्यापक बढ्यो, विक्री शुन्यमा झर्ने आंकलन

यसअघि १० प्रतिशत भन्सार शुल्क मात्रै थियो । यसपटक बजेटबाट बढाएर ८० प्रतिशत पुर्‍याएको छ। तर यसरी लगाएको ८० प्रतिशत भन्सारमध्ये ५० प्रतिशत भन्सार सरकारले फेरि रिवेट दिने भएको छ। यसरी रिवेटलाई घटाउँदा इलेक्ट्रिक गाडीको इफेक्टिभ भन्सार ४० प्रतिशत हुनेछ।