एक वर्षसम्म शेयर बेच्न नपाउने व्यवस्थाप्रति चेम्बरको विरोध
सञ्चालकहरुले आफ्नो स्वामित्वमा भएको सेयरलाई पदबाट हटेको एक वर्षसम्म बिक्री गर्न नपाउने धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ ।
निजी क्षेत्रलाई कर्जा प्रवाहमा विकास बैंक आक्रामक, वित्त कम्पनीको घट्यो
जसमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २७.८ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ३०.५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.३ प्रतिशतले घटेको छ ।
फर्निचर व्यवसायी महासंघमा नयाँ नेतृत्व सर्वसम्मत
महासंघको साधारण सदस्यमा हरि कुमार शर्मा, अशोक कुमार कुवँर, खगेन्द्र खरेल, प्रेम बहादुर थापा, ज्ञान बहादुर नेपाली, लोकनाथ रेग्मी, शिव प्रसाद पाण्डे र अनिश जोशी चयन भएका छन् ।
निर्वाचनसम्मका लागि चेम्बरले रोक्यो ब्याजदर वृद्धि विरुद्धको आन्दोलन
कर्जा प्रवाह र नवीकरण गर्दा बैंक एवं वित्तीय संस्थाले लिने विभिन्न प्रकारको असान्दर्भिक सेवा शुल्कलाई हटाउन समेत चेम्बर चेम्बर अध्यक्ष मल्लले आग्रह गरे ।
अवैध क्रसर उद्योग बन्द गर्न ७७ जिल्लामै गृह मन्त्रालयको परिपत्र
सरकारले दर्ता नभएका र नवीकरण नगरिएका देशका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।
वैदेशिक लगानी प्रतिवद्धता साउनपछिकै धेरै, २५३ उद्योग दर्ता
उद्योग विभागको तथ्यांक अनुसार साउन १ गतेदेखि फागुन विभागमा दर्ता भएका २५३ उद्योगमध्ये २३८ वटा साना, १२ वटा मध्यम र तीन वटा ठूला उद्योग दर्ता भएको विभागको तथ्यांक छ। त्यस्तै क्षेत्रगत रूपमा सबैभन्दा बढी पर्यटन र सेवा क्षेत्रमा उद्योगहरू दर्ता भएका छन्।
व्यापार घाटा १० खर्ब १५ अर्ब नाघ्यो, आयात-निर्यात दुवै वृद्धि
आर्थिक वर्ष २०७८/७९ को ७ महिनामा नेपालको व्यापार १० खर्ब नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार सात महिनामा (साउनदेखि माघसम्म) वैदेशिक व्यापार घाटा ३८.४५ प्रतिशतले बढेको हो ।
एनआईसीसीआईले नेपाल र इटालीबीच व्यापार संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने
नेपाल–इटाली उद्योग बाणिज्य संघ (एनआईसीसीआई) बीच यही असोज २४ गते द्विपक्षीय बैठक सम्पन्न भएको छ।
‘नेपालमै उद्योग व्यवसायको माहोल बढाउँ रोजगारी यही सिर्जना गरौं’- अर्थमन्त्री डा....
उनले भने, ‘विदेशबाट फर्केर आएका युवाहरुले पूँजी र सिप लिएर आएका छन्, उनीहरु आधुनिक कृषिकर्म गर्दैछन् । यसलाई प्रोत्साहन गर्ने, उत्पादनमा आधारित सहयोग सुनिश्चित गर्ने नीति सरकारले लिएको छ ।
स्टार्ट अप र कार्यस्थलमा आधारित तालिम, रोजगारीसम्बन्धी गृहकार्यको तयारी शुरु
आर्थिक वर्ष २०७८/७९ को बजेटमा उल्लेखित निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरूको कार्यान्वयनको तयारीका लागि अर्थ मन्त्रालयले निजी क्षेत्रसँग छलफल गरेको छ ।