तीन महिनामा ११० उद्योग दर्ता, सेवामूलक र पर्यटन क्षेत्र रोजाइमा

उद्योग विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७८/७९ को तीन महिनामा ११० वटा उद्योग दर्ता भएका छन् । गत वर्षको सोही अवधिमा उद्योग विभागमा ९४ उद्योग दर्ता भएका थिए ।

महासंघ अध्यक्ष र राजदूत आचार्य बीच भेटवार्ता, बेलायतसँग व्यापार सम्झौता प्राथमिकता

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बेलायतसंग लगानी र व्यापार विस्तार प्राथमिकतामा रहनुपर्ने बताएका छन् ।

चैतसम्म २ खर्ब ६६ अर्ब लगानीको उद्योग दर्ता, २१ हजारलाई...

विभागमा दर्ता भएका २३२ उद्योगमध्ये ६७ वटा ठूला, ८२ वटा मझौला र ८३ वटा साना उद्योग रहेका छन्। ती उद्योगले २१ हजार २ सय २३ जनालाई रोजगारी दिने प्रस्ताव गरेको उद्योग विभागले जनाएको छ।

एयरपोर्ट ट्याक्सी अब एपमार्फत बुक गर्न सकिने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालित हरियो नम्बरप्लेट भएका ट्याक्सीको सेवा अब एपमार्फत बुक गर्न सकिने भएको छ । यस्तो सेवा बिहीबारबाट एपमार्फत सञ्चालन गरिएको हो ।

साविकको पाँचतारे अन्नपूर्ण होटेल रहेको स्थानमा अब २५ तले भब्य होटेल...

६ अर्ब रूपैयाँको लगानीमा दरबारमार्गमा २५ तलाको अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु भएको छ । भाटभटेनी, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा सो स्थानमा अन्नपूर्ण स्क्वायर होटल निर्माण सुरु गरेको हो । यसअघि उक्त स्थानमा होटल अन्नपूर्ण रहेको थियो ।

सर्वोत्तम सिमेन्टले पायो ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

कम्पनीले देशकै सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आउने क्रममा ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त प्राप्त गरेको हो ।

‘स्वदेशी उद्योगलाई प्रोत्साहन हुनेगरी ल्याइएका नीति परिवर्तन हुँदैन’

‘मलाई कतिपयले आर्थिक प्रलोभन दिएर फकाउने दुस्साहस गरिरहेका छन् । म व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने व्यक्ति होइन । त्यस्तो दुस्साहस नगर्न आग्रह गर्छु,’ कार्यक्रममा उनले भने, ‘स्वदेशी उत्पादनमा आधारित र रोजगारी सृजना गर्ने उद्योगहरुलाई प्रोत्साहन दिने गरी भएको निर्णय फिर्ता हुँदैन ।’

औद्योगिक क्षेत्रमा वैदेशिक लगानी घट्यो, रोजगारीमा पनि कमी

औद्योगिक क्षेत्रमा भित्रिने वैदेशिक लगानीमा कमी आएको छ । उद्योग विभागको तथ्यांक अनुसार गएको वैशाखयता १३ उद्योगमा १ अर्ब ७३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रिएको छ ।

चीनले बन्द गर्यो नेपालसँगका दुबै नाका

कोरोना भाइरसको संक्रमण बढेको भन्दै चीनले पुनः नेपालसँगका नाका बन्द गरेको छ । तिब्बतमा कोभिड संक्रमण दर बढेको भन्दै तातोपानी र रसुवागढी नाका बन्द गरेको हो । नाका बन्द भएपछि दुबै स्थानबाट तीन दिन अघिदेखि चिनियाँ सामान आयात निर्यात भएको छैन ।

‘अर्थतन्त्रमा देखिएको समस्याको समाधान निकाल्नुको विकल्प छैन,मिलेर समाधान गरौं’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको संवेदनशील परिस्थितिमा एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा सबै मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताए।