‘नेपालमा लगानीको वातावरण बनेको छ’- अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख भएको बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिएका बताएका हुन् ।
सीटीईभीटी तालिम प्राप्त र युवा स्वरोजगार कर्जाको प्रभावकारी न्यून
युवा स्वरोजगार कर्जा र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट मान्यताप्राप्त संस्थाबाट लिइने तालिमका आधारमा प्राप्त कर्जाको प्रभावकारिता न्यून देखिएको हो ।
दुई जलविद्युत् आयोजनाका लागि ९७ अर्ब बराबरको लगानी स्वीकृति
तमोर २८५ मेगावाट क्षमताको परियोजना हो, जसको अनुमानित लागत रु ३३ अर्ब ४१ करोड ४० लाख रहेको छ भने तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत् परियोजना १३९.२ मेगावाट क्षमताको हो।
उद्योग वाणिज्य महासंघले ल्यायो ‘हेल्लो डाक्टर’, कोभिड रिलिफको पहिलो कार्यक्रम
नेपाल उद्योग वाणिज्य महासंघले कोभिड–१९ को महामारीबाट सर्वसाधारणको स्वास्थ्य सुरक्षामा सहयोग गर्ने उद्देश्यले एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानको थालनी गरेको छ ।
भिजिट भिसाको सेटिङमा अध्यागमन र एयरलाइन्सकै कर्मचारी संलग्न, ३२ जना पक्राउ
काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाल एयरलाइन्सका दुई कर्मचारी र अध्यागमन कार्यालयका एक जना कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।
एमसीसीको प्रसारण लाइनको ठेक्का विवाद सम्बधी मुद्दा खारेज
भारतको टाटा प्रोजेक्टले एमसीएअन्तर्गत ठेक्का आफूले पाउनुपर्ने र इमेलमार्फत बढी लागतको प्रस्ताव आएको भनी बोलपत्र नै खारेज गर्ने भनि गरेको निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेको थियो । उक्त रिटमा सर्वोच्चले गत माघ १४ गते फैसला सुनाएको थियो । उक्त फैसलाको पूर्णपाठ हालैमात्र तयार भएको हो ।
विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर
नेपाल राष्ट्र बैंकले सोमबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७ पैसा निर्धारण गरेको छ ।
११ सय शाखा अधिकृतमा जागिरको अवसर
सबैभन्दा बढी प्रशासन सेवाको सामान्य प्रशासन समूहमा ५६० जना अधिकृतका लागि विज्ञापन प्रकाशित भएको छ । त्यसमध्ये खुल्लाबाट २१६ र बढुवाबाट १६८ जनाको पदपूर्ति गरिने छ । यस्तै उक्त समूहमा समावेशीतर्फ महिलामा ५८, आदिवासी जनजातीमा ४८, मधेसीमा ३९, दलितमा १५, अपांगमा ९ र पिछडिएको क्षेत्रमा ७ जनाको कोटा छुट्याइएको छ ।
कम्पनीमार्फत मात्र घरजग्गा किनबेच गर्नु पर्ने, दलाललाई निरुत्साहित
रकारले देशभर आधिकृत संस्थाबाट मात्र घरजग्गा विक्री गर्नुपर्ने व्यवस्था घोषणा गरेको छ ।
मध्य भोटेकोशी जलविद्युत आयोजनाको ७ किलोमिटर लामो सुरुङको ‘ब्रेक थ्रु’
सिन्धुपाल्चोकस्थित भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकामा निर्माणको क्रममा रहेको १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजनाको सुरुङको बिहीबार ब्रेक थ्र्रु भएको छ । यो सुरुङ ७ हजार १२६ मिटर लामो छ ।































