बैंक/ बिमा

राष्ट्रिय वाणिज्य बैंकले माग्यो एकैपटक ६ सय ६१ जना कर्मचारी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एकैपटक साढे ६ सय भन्दा बढी कर्मचारी नियुक्त गर्ने भएको छ । शुक्रबार गोरखापत्रमा सूचना प्रकाशित गरि वरिष्ठ सहायकदेखि मुख्य प्रबन्धकसम्मका लागि ६ सय ६१ जनाका लागि आवेदन खुल्ला...

विदेशी मुद्रा सटहीमा कडाई, ३ हजार डलरभन्दा बढी साट्न नियामकको अनुमति चाहिने

यसअघि १० हजार अमेरिकी डलरभन्दा बढीको सटही गर्दा मात्र राष्ट्र बैंकको अनुमति लिनु पर्ने व्यवस्था थियो । तर, अहिले नियामक निकायको सिफारिस ल्याउनु पर्ने व्यवस्था गरिएको हो ।

राष्ट्र बैंकले फेर्‍यो सात विभागको नाम, सूचना प्रविधि विभाग महाशाखामा परिणत

सामान्य सेवा विभागको नाम परिवर्तन गरी सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग राखेको छ भने अनुसन्धान विभागको नाम आर्थिक अनुसन्धान विभाग राखेको छ।

हिमालयन बैंक र बैंक अफ काठमाण्डूले जिते एक अर्ब ५६ करोडको मुद्दा

चीनको माथिल्लो अदालत हेनान प्रोभिन्स पिपल्स कोर्टले गरेको सुनुवाइमा नेपाली बैंकले मुद्दा जितेपछि दुबै बैंकले रकम फिर्ताको लागि दाबी सहितको पत्र पठाउने तयारी गरेका छन् । यद्दपि मुद्दा हारेको सीसीआरसीले माथिल्लो अदालतमा जाने बाटो भने अझै बाँकी रहेको छ ।

सहकारी संस्थालाई पुष भित्र साधारण सभा गर्न काठमाडौं महानगरको निर्देशन

महानगरको सहकारी विभागले आइतबार एक सूचना जारी गर्दै महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई पुस मसान्तभित्र साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र महानगरमा प्रतिवेदन पठाउन निर्देशन दिएको हो ।

युवा स्वरोजगारमा बैंकको रुची कम, विदेशबाट फर्केका ११ ले मात्र पाए परियोजना कर्जा

काठमाडौं १२, जेठ । आठ महिनाको अवधिमा ११ जनाले मात्र विदेशबाट फर्केका युवा परियोजना कर्जा प्राप्त गरेका छन् । विदेशबाट फर्केका युवालाई स्वदेशमै रोजगारी दिने उद्देश्यले सरकारले सहुलियतपूर्ण कर्जा कार्यक्रम ल्याएको थियो । गत असोज...

८ सय महिलाले पाए उद्यमशिल कर्जा, ५८ करोड १३ लाख रुपैयाँ ऋण लगानी

काठमाडौं १, भदौं । गत असारसम्म करिब ८ सय महिलाले सहुलियत दरको उद्यमशील कर्जा प्राप्त गरेका छन् । उद्यमशिलतामा महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियत ब्याजदरमा उद्यमशिल कर्जा कार्यक्रम ल्याएको थियो । सोही कार्यक्रम...

सोमर तामाङ्ग र विशाल नगरकोटी आइएमईको मासिक विजेता घोषित, पाए चारगुणा बढी रकम

काठमाडौं, १ कात्तिक । सेवाग्राही सोमर तामाङ्ग र विशाल नगरकोटी दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत पहिलो महिनाको विजेता घोषित भएका छन् । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत सेवाग्राही तामाङ्ग र नगरकोटी विजेता...

नेपाल लाइफ इन्स्योरेन्सको सीइओबाट बिदा भए झा, कामूको जिम्मा प्रसाईलाई

लगातार दुई कार्यकाल ८ वर्ष नेपाल लाइफ इन्स्योरेन्सको सीइओ भएर सफलता साथ कार्यकाल पुरा गरेर झा सञ्चालक समितिसँग भएको सम्झौताअनुसार प्रमुख कार्यकारी अधिकृतबाट बिदा भएका हुन् ।

कोरोना बीमा दाबी ४ सय नाघ्यो, ३ सय २४ दाबी फछ्यौट हुन बाँकी

३ सय २४ वटा दाबी फछ्यौट हुन बाँकी छ । जसमा २ सय ९८ वटा प्रतिव्यक्ति एक लाख र २६ वटा प्रतिव्यक्ति ५० हजार बिमांक भएका छन् । संक्रमित संख्या बढेपछि बीमा दाबी पनि ह्रवात्तै बढेको हो ।