एनआईसी एशिया बैंक र इन्फ्रासफ्ट टेक्नोलोजी भारतबीच त्रिपक्षीय सम्झौता

काठमाडौं, ८ माघ । एनआईसी एशिया बैंक लिमिटेड र इन्फ्रासफ्ट टेक्नोलोजी लि भारत, एम्नील टेक्नोलोजी प्रालि नेपालबीच इन्ड टु इन्ड एएमएल (एन्टी मनी लाउन्डरिङ) सीएफ्टी (कम्ब्याटिङ टेरोरिष्ट फाइनान्सिङ) सोलुसन खरिद गर्ने त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, इन्फ्रासफ्ट टेक्नोलोजी लिका तर्फबाट कम्पनीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा र एम्नील टेक्नोलोजि प्रालिका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित जोशीले यूले हस्ताक्षर गरे।

सो सम्झौता अनुसार इन्फ्रासफ्ट टेक्नोलोजी लि र एम्नील टेक्नोलोजी प्रालिले बैंकलाई अन्तर्राष्ट्रिय स्तरको इन्ड टु इन्ड एएमएल सोलुसन उपलब्ध गराउने र इन्ड टु इन्ड एएमएल (एन्टी मनी लाउन्डरिङ) सीएफ्टी (कम्ब्याटिङ टेरोरिष्ट फाइनान्सिङ) सोलुसन कार्यान्वयनमा ल्याए पश्चात् सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरु (जस्तै फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफ, एसियान पासिफिक ग्रुप अन मनि लाउन्डरिङ एपीजी इत्यादि) ले तोकेको मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने र सम्पत्ति शुद्घीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले लिएको विज्ञप्तिमार्फत जनाएको छ।

बैंकले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राख्दै नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरुले तोकेको मापदण्डलाई अक्षरशः पालना गर्दै आएको दावी गरेको छ।

नविनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने यस बैंकको उद्देश्य अनुसार हाल बैंकले ३२ वटा शाखाबाट डिजिटल प्रविधि मार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको छ। जस अन्तर्गत हस्ताक्षर गर्नको लागि सिग्नेचर प्याड, ल्याप्चे क्याप्चर गर्नको लागि बायोमेट्रिक डिभाइस र फोटो खिच्नको लागि क्यामेरा जडान सहितको सुविधा उपलब्ध रहेको जनाएको छ।

यस प्रविधि मार्फत ग्राहक अन बोर्डिङ गर्दा हाल कायम रहेको व्यवस्थामा थप सुरक्षा प्रणाली अबलम्बन हुने र यसबाट बैंकको एएमएल, सीएफटी र केवाइसी व्यवस्थापन कार्यलाई थप टेवा पुर्याउने बैंकले विश्वास लिएको जनाएको छ। साथै निकट भविष्यमै यस बैंकका सबै शाखाहरुमा सो प्रविधि राखिने योजना बैंकको रहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ।

नियमनकारी निकायले तोकको व्यबस्था अनुसार सम्पूर्ण ग्राहक महानुभावहरुले आफ्नो ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक गर्नुपर्ने र ग्राहक महानुभावहरुले बैंकको वेभ साइटमा रहेको इ–केवाइसी पोर्टल मार्फत आफ्नो ग्राहक पहिचान विवरण केवाइसी अद्यावधिक गर्न सक्ने व्यवस्था यस बैंकले गरेको जनाएको छ।

साथै, ग्राहक महानुभावहरुलाई यस बैंकको वेभ साइटमा रहेको इ–केवाइसी पोर्टल मार्फत आफ्नो ग्राहक पहिचान विवरण केवाइसी अद्यावधिक गर्नुहुन यसै विज्ञप्ति मार्फत अनुरोध गरिएको छ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४२६ एटिएम, १०४ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो सञ्जाल भएको बैंक हुन सफल भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here