दक्षिण एसियामा अहिलेसम्मकै आर्थिक मन्दी, नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै

काठमाडौं, २२ असोज । विश्व बैंकले महामारीको असर अझैसम्म रहेकाले दक्षिण एसियाकै अर्थतन्त्र मन्दीमा फसेको निष्कर्ष निकालेको छ ।

बिहीबार सार्वजनिक गरिएको अर्धवार्षिक अपडेटमा महामारीको विनाशकारी असर जारी रहेका कारण दक्षिण एसिया यस वर्ष हालसम्मकै सूक्ष्म मन्दीमा डुबेको उल्लेख गरेको छ ।

अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेको र थप मान्छे गरिबीमा धकेलिने बैंकले जनाएको छ। नेपालको आधा उद्दम र रोजगारी अनौपचारिक रहेको र लकडाउनको ठूलो प्रभाव यही वर्गलाई परेको छ।

सहरी अनौपचारिक क्षेत्रका कामदारहरू र सहरी क्षेत्रका स्वरोजगार परिवारहरू सबैभन्दा बढी जोखिममा परेको बैंकले बताएको छ।

पछिल्ला पाँच वर्षमा लगातार वार्षिक ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एसियाको आर्थिक संकुचन दर सन् २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आँकलनसहितको प्रतिवेदनले दक्षिण एसियाभरि अपेक्षा गरिएको भन्दा निकै तीव्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ ।

अघिल्ला मन्दीहरूमा खस्कँदो लगानी र निर्यातले गिरावट ल्याउने गरेको तर अहिलेको मन्दीले निजी उपभोग १० प्रतिशतसम्म घट्ने भएका कारण गरिबीको दर उच्च बढ्ने उल्लेख प्रतिवेदनमा गरिएको छ ।

नेपालको आर्थिक बृद्धिदर भने ०.६ प्रतिशतमा सिमित हुने अनुमान गरेको छ। अर्थतन्त्रका सबै क्षेत्र प्रभावित हुँदा गएको वर्ष ०.२ प्रतिशतमा सिमित भएको नेपालको आर्थिक बृद्धिदर चालु वर्ष ०.६ प्रतिशत पुग्ने अनुमान गरिएको हो ।

लकडाउनका कारण नेपालको सन् २०२० मा ०.२ प्रतिशत र सन् २०२१ मा ०.६ प्रतिशत रहने अनुमान गरेको छ ।

सरकारले भने गत आर्थिक वर्षको २.२७ र चालू आर्थिक वर्षमा साढे ७ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here