काठमाडौं । हिमनदीले निम्त्याउने खताराको बारेमा वैज्ञानिकहरूले बारम्बार चेतावनी दिईरहेका छन् । हिमालयमा हिउँ पग्लनाले हिमनदीको ताललाई थप खतरनाक बनाउँदै गईरहेको छ । यो मात्रै नभएर यस्ता हिमनदीले अनुगमन नगरिएका अन्य जोखिमहरू पनि निम्त्याइरहेका छन् ।
जलवायु परिवर्तनको कारण लाखौं टन हिउँ पग्लियो । विज्ञहरु भन्छन् ‘उत्तराखण्डको चमोलीमा भर्खरै भएको विनाशले हामी त्यस्तो खतराबाट कति अनजान छौं भन्ने कुरालाई उजागर गरिदियो ।’
‘यस किसिमको खतराले वास्तवमै जलवायु परिवर्तनको कारण के भइरहेको छ भन्ने बारे कुनै विस्तृत अध्ययन भएको छैन’ वरिष्ठ अमेरिकी भूगर्भविद् तथा हिमालयका विभिन्न प्रकोपहरूका अनुसन्धानकर्ता जेफ्री कारजल भन्छन् ‘हामी सक्रिय हुन्छौं जब उत्तराखण्डमा जस्ता घटनाहरू घट्छन् । तर, हामी हिमनदीहरूबाट भविष्यमा हुन सक्ने त्यस्तो खतरालाई विशेष ध्यान लिदैनौं ।’
हिमनदी पग्लनु खतरनाक छ ?
विज्ञहरू भन्छन् कि हिमनदी पग्लिन वा पातलो भएपछि उनीहरु धेरै खतरनाक हुनछन् । तिनीहरू पहाडको भित्तामा टाँसिएर कुनै पनि समयमा क्षतबिच्छेद हुन सक्छन् ।
यो पनि सम्भव छ कि पातलो हिमनदीहरूले पहाडको मुनि र वरपर जमिनलाई अस्थिर तुल्याइदिन्छ । जसको कारण पहिरो, चट्टान खस्ने जस्ता घटनाहरू निम्तन्छ । यो पनि सम्भव छ कि पूरै पहाड (हिमाल ढाँचा) पनि खत्तम हुन सक्छ ।
वैज्ञानिकहरूले भने कि त्यस्ता घटनाहरूले नदी र खोलाहरूमा पनि अवरोध पु-याउन सक्छ र केही समयपछि यी नदीहरूले विनाश निम्त्याउन सक्छ । उत्तराखण्ड दुर्घटनाको प्रारम्भिक रिपोर्टमा भनिएझैं ।
हिमनदीहरुलाई निगरानी गर्न किन गाह्रो छ ?
हिमालयको कठिन भूगोलले अनुगमन कार्यलाई अत्यन्त चुनौतीपूर्ण बनाउँछ ।
इण्डोरका भारतीय प्रौद्योगिकी संस्थानका ग्लेकोलाजिस्ट मुहम्मद फारुख आजम भन्छन्, ‘हिमालय र हिन्दुकुश क्षेत्रमा ५०००० भन्दा बढी हिमनदीहरू छन् र ती मध्ये केवल ३० वटालाई मात्रै राम्ररी अवलोकन गरिएको छ ।
भूकम्प र मौसम
वैज्ञानिकहरूको भनाइ छ कि विश्वको सबैभन्दा नयाँ हिमाली पर्वतमाला हिमालय लगातार बढिरहेको छ र भूकम्पले हिमाली पहाडहरूलाई अव्यवस्थित बनाउँछ ।
२०१६ मा तिब्बतको अरु पर्वतमा हिमनदी अचानक ढल्यो र विशाल हिमस्खलनले नौ जना र सयौं जनावरहरूको ज्यान लियो ।
केही महिना पछि उही पर्वतमा अर्को हिमनदी अप्रत्याशित ढंगले पतन भयो । २०१२ मा पाकिस्तान प्रशासित काश्मिरमा सियाचिन ग्लेशियरमा भएको दुर्घटनामा करीव १४० जना मारिए ।
विज्ञहरूको भनाइ छ कि यो हिमपहिरो थियो, तर घटनाको कारणको अन्तिम निर्धारण हुन सकेको छैन ।
कम हिमनदी, थप पहिरो
पश्चिमी हिमालय, पमीर, काराकोरमको पूर्वी भाग र हिन्दुकुश पर्वत श्रृंखलाको दक्षिणी भागलगायत एशियाका केही उच्च हिमाली क्षेत्रहरूमा हालसालै गरिएको अध्ययनले देखाएअनुसार १९९९ देखि २०१८ सम्म पहिरोको बृद्धि हुनुको मुख्य कारण हिमनदी पग्लनु नै हो ।
चिनियाँ एकेडेमी अफ साइंसेजका वैज्ञानिकहरूले अमेरिकी भूगर्भीय सर्वेक्षण अध्ययन गरेर पत्ता लगाए की त्यहाँ सन् २००९ र २०१८ को बीचमा १२७ पहिरो गएको थियो ।
हिमनदीमा ध्यान दिन आवश्यक
हिमालयन र हिमनदीहरुमा हालसम्म सीमित अध्ययन मात्रै भएका छन् । ति अध्ययनपनि हिमनदी छिटो पग्लनु र खतरनाक हिमनदी तालहरुमा केन्द्रित छ ।
समता रुपर, भूगोलका प्राध्यापक जसले हिमालयको हिमनदीमा परिवर्तनको बारेमा युटा युनिभर्सिटीमा अध्यापन गर्छन्, उनले भने ‘यसमा कम ध्यान आएको छ, यो हुन सक्छ किनभने हिमपहिरो र हिउँबाट पर्न सक्ने प्रकोप विरलै भएको छ ।’
हिमालय क्षेत्रमा धेरै वर्षदेखि कार्यरत इन्टिग्रेटेड माउन्टेन डेभलपमेन्टका इन्टरनेसनल सेन्टरका विज्ञहरू भन्छन्, ‘हिमनदी तालले सम्बन्धित बाढीले यस क्षेत्रको ऐतिहासिक रुपमा समस्या उत्पन्न गरेको छ । (बीबीसी)