यी हुन् २५ प्रतिशतभन्दा धेरै लाभांश घोषणा गर्ने माइक्रोफाइनान्स

काठमाडौं, १ कात्तिक । पब्लिक कम्पनीहरूबीच गत वर्षको कमाइबाट लाभांश घोषणा गर्ने होडबाजी सुरू भएको छ ।

गत वर्षको कमाइ घोषणा गर्न प्रतिस्पर्धा गरेका कम्पनीहरू लाभांश घोषणा गर्न सक्रिय हुन थालेका छन् ।

लाभांश लगानीकर्ताका लागि पाकेको बालीसरह हो । वर्षभरिको कमाइ भित्र्याउने बेला पनि हो ।

लघुवित्तहरुले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित कम्पनीको साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

लगानीकर्ताले गत वर्षको मुनाफाबाट कुन कम्पनीले कतिसम्म लाभांश दिन सक्छ भन्ने वित्तीय विवरण अध्ययन गरेर पहिल्यै अनुमान लगाइसकेका हुन्छन् ।

यसैैक्रममा, हालसम्म गत वर्षको नाफाबाट नेप्सेमा सूचीकृत १७ वटा माइक्रोफाइनान्स कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् । माइक्रोफाइनान्स कम्पनीहरुले औसतमा २३ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

हालसम्म लाभांश घोषणा गरेका लघुवित्तहरुमध्ये ८ वटाले २५ प्रतिशतभन्दा बढी घोषणा गरेका छन् भने ९ वटाले औसतभन्दा कम अर्थात् २३ प्रतिशतभन्दा कम घोषणा गरेका छन् ।

गत वर्षको नाफाबाट २५ प्रतिशतभन्दा धेरै लाभांश घोषणा गर्नेहरुमा महिला, स्वाभिमान, सबैको, ग्लोबल आइएमई, लक्ष्मी, साधना, आशा र स्वरोजगार लघुवित्त रहेका छन् ।

लाभांश घोषणा गर्ने माइक्रोफाइनान्समध्ये महिला लघुवित्तले सबैभन्दा धेरै ५० प्रतिशत लाभांश घोषणा गरेको छ भने एनआइसी एशिया लघुवित्तले सबैभन्दा कम ५.४१ प्रतिशत घोषणा गरेको छ ।

गत वर्षको नाफाबाट सबैभन्दा धेरै लाभांश घोषणा (हालसम्म) गर्ने लघुवित्त बनेको महिलाल लघुवित्तले ५० प्रतिशत लाभांश दिने भएको छ नेप्सेमा सूचीकृत माइक्रोफाइनान्समध्ये सबैभन्दा महँगो सेयर मूल्य रहेको महिलाले गत आवको नाफाबाट ४५ प्रतिशत बोनस र ५ प्रतिशत नगद दिने घोषणा गरेको हो ।

स्वाभिमान लघुवित्तले ३४ प्रतिशत घोषणा गरेको छ । स्वाभिमानले सेयरधनीलाई ३२.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.७० प्रतिशत नगद गरी कुल ३४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

यसैगरी, सबैको लघुवित्तले ३१.०५ प्रतिशत बोनस सेयर र १.६३ प्रतिशत नगद गरी ३२.६८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यस्तै,आशा र साधना लघुवित्तले समान २६.३२ प्रतिशत घोषणा गरेका छन् । दुवै लघुवित्तले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेका हुन् ।

यस्तै, ग्लोबल आइएमई लघुवित्तले २८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । गत वर्ष स्पर्श लघुवित्तलाई गाभेको ग्लोबलले कर छुट पाउने भएकाले नगद भने घोषणा गरेको छैन ।

नेरुडेले २२.६१ प्रतिशले, डिप्रोक्स र मेरा माइक्रोफाइनान्सले २१.०५ प्रतिशत, मिर्मिरे र सिभिल लघुवित्तले २० प्रतिशत, गुँरास १७.७८ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्स र आरएसडीसले १० प्रतिशत र एनआइसी एशियाले लघुवित्तले ५.४१ प्रतिशत लाभांश घोषणा गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here