कमजोर बन्दै नेपाली रुपैयाँ, डलर कसरी बन्यो विश्वव्यापी र शक्तिशाली मुद्रा ?

काठमाडौं, २९ मंसिर । अमेरिकी डलर १७ महिनायताकै महंगो कायम भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक डलरको भाउ १२१ रुपैयाँ ६९ पैसा तोकेको छ। यो मूल्य नै १७ महिना यताको महंगो हो ।

डलरको भाउ २०७७ वैशाख १० गते सर्वाधिक उचाइमा १२३ रुपैयाँ २४ पैसा पुगेको थियो। त्यसपछि डलर निरन्तर कमजोर हुँदै आएको थियो। तर, पछिल्लो समय पुनः डलर बलियो हुन पुगेको छ।

भारतसँग नेपालको स्थिर विनिमय दरको कारण डलरको तुलनामा भारतीय मुद्रा कमजोर भएपछि त्यसको सिधा असर नेपाली अर्थतन्त्रमा पनि पर्छ ।

अमेरिकी डलरको तुलनामा भारु कमजोर भएपछि नेरु पनि कमजोर बनेको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ ।

यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले पनि त्यही भएको हो । यसअघि भारु बलियो हुँदा नेरु पनि बलियो भएको थियो ।

केही महिनायता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै गएको छ । विश्वबजारमा अमेरिकी डलरप्रतिको आकर्षण बढेसँगै नेरु कमजोर हुन थालेको हो ।

डलर कसरी बन्यो शक्तिशाली ?

सन् १९४४ मा ब्रेटनवुड्स सम्झौता भएसंगै डलर शक्तिशाली मुद्रा बन्ने क्रम शुरु भएको थियो । यसभन्दा अघि मानिसहरु सुनलाई सबैभन्दा शक्तिशाली मानक मान्ने गर्थे ।

न्यू हेम्पसायरको ब्रेटनवुड्समा विश्वभरका सबै विकसित देशका प्रतिनिधिले भेटवार्ता गरेर अमेरिकी डलरको तुलनामा सबै मुद्राको विनिमय दर तय गरे । त्यस समय अमेरिकाको साथमा सबैभन्दा धेरै सुनको भण्डार थियो । यस सम्झौताले अरु देशलाई पनि सुनको सट्टा आफ्नो मुद्राले डलरलाई समर्थन गर्ने अनुमति दियो ।

सन् १९७० को सुरुवातमा धेरै देशहरुले डलरको सट्टा सुनको मागको बढी गर्न थाले किनभने उनीहरुलाई मुद्रास्फितीसँग लड्ने आवश्यकता थियो ।

त्यो समयमा राष्ट्रपति निक्सनले फोर्ट नोक्सको आफ्नो सबै भण्डार समाप्त गर्ने अनुमति दिनुको सट्टा डलरलाई सुनबाट अलग बनाइदिए ।
त्यतिखेर सम्म डलर संसारको सबैभन्दा महत्वपुर्ण र सुरक्षित मुद्रा बनिसकेको थियो ।

सन् २००९ मार्चमा चीन र रुसले एक नयाँ विश्वव्यापी मुद्रा बनाउने माग गरे । उनीहरु चाहन्थे कि एक यस्तो रिजर्भ मुद्रा बनाइयो जुन कुनै एक देशको भन्दा बिल्कुलै फरक होस् र लामो समयसम्म स्थिर रहन सक्षम होस् । यस प्रकार क्रेडिटमा आधारित राष्ट्रिय मुद्राको प्रयोगबाट हुने वाला नोक्सान हटाउन सकियोस् ।

चीनलाई चिन्ता छ कि यदि डलरको मुद्रा स्फिती तय भएमा उसको खर्बौं डलर कुनै काममा रहदैन । यो त्यतिखेर मात्रै हुन सक्छ जब अमेरिकी कर्जा तिर्नको लागि युएस ट्रेजरीले नयाँ नोट छाप्छ । चीनले अन्तराष्ट्रिय मुद्रा कोषबाट डलरको सट्टा नयाँ मुद्रा बनाउने माग गरेको थियो ।

सन् २०१६ को चौंथो त्रैमाससम्ममा चीनको युयान विश्वको एक अर्को ठूलो रिजर्भ मुद्रा बनेको थियो । २०१७ को तेस्रो त्रैमास सम्म विश्वभरको केन्द्रिय बैंकमा १०८ अर्ब डलर थियो । यो एक सानो सुरुवात हो तर भविष्यमा यसको वृद्धि जारी रहनेछ ।

यसै कारण चीन चाहन्छ कि उसको मुद्रा विश्वव्यापी मुद्रा बजारमा व्यापारको लागि पूरै तरिकाले प्रयोग होस् । यस्तो होस् जसरी डलरको सट्टा युआनलाई विश्वव्यापी मुद्राको रुपमा प्रयोग होस् । यसको लागि चीनले आफ्नो अर्थव्यवस्थालाई सुधारिरहेको छ ।

सन् २००७ मा फेडरल रिजर्भका अध्यक्ष एलेन ग्रिनस्प्यानले भनेका थिए कि यूरोले डलरको स्थान लिनसक्छ । सन् २००६ को अन्तिमसम्म विश्वभरका केन्द्रिय बैंकको कुल विदेशी मुद्रा भण्डारमा यूरो २५ प्रतिशत भएको थियो जबकी डलर ६६ प्रतिशत थियो । विश्वका कैयौंं इलाकामा यूरोको प्रभुत्व पनि छ ।

यूरो यसकारण पनि बलियो छ किनभने यूरोपियन यूनियन विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्थामा एक हो ।

(बिबिसी हिन्दीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here