६ अर्ब खर्च गरे नेपालमै खोल्न सकिन्छ रासायनिक मल कारखाना

फाइलफोटो

काठमाडौं, ११ साउन । नेपाल सरकारले अहिले रासायनिक मल खरीद र अनुदानका लागि वार्षिक १५ अर्ब रुपैयाँ भन्दा बढी बजेट खर्च गर्दै आएको छ । उता, ६ अर्ब रुपैयाँ हाराहारी लगानी गर्न सके नेपालमै रासायनिक मल कारखाना खोल्न सकिने एक अध्ययनले देखाएको छ ।

नेपालमा प्राकृतिक ग्यासको तुलनामा हाइड्रोजनमा आधारित प्रविधिमा आधारित रहेर कारखाना खोल्न सम्भव रहेको अध्ययन प्रतिवेदनले जनाएको छ । यस्तो प्रतिवेदन ‘ग्रिन हाइड्रोजनमा आधारित रासायनिक मल खारखानाबारे अध्ययन समिति’ले तयार पारेको हो ।

प्रतिवेदन गत सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल समक्ष पेश समेत भएको छ । समितिका अनुसार ‘वाटर इलेक्ट्रोलाइसिस प्रविधिमा हाइड्रोजनको प्रयोग गरी रासायनिक मल उत्पादन गर्न सम्भव देखिएको छ ।

यो प्रारम्भिक अध्ययन भएकाले विज्ञ टोलीबाट थप अध्ययन राउन समेत समितिले सरकारलाई सुझाव दिएको छ । समितिले युरिया उत्पादन गर्न प्राकृतिक ग्यास प्रयोग गरिने प्रविधि र वाटर इलेक्ट्रोसिस प्रविधिलाई तुलनात्मक रूपमा अध्ययन गरेर यस्तो निष्कर्ष निकालेको हो ।

प्रतिवेदनले जनाए अनुसार २ लाख टन युरिया उत्पादन गर्ने कारखाना खोल्न ६ करोड अमेरिकी डलर लागत लाग्छ । समितिका अनुसार प्राकृतिक ग्यासबाट मल उत्पादन गर्ने कारखाना खोल्न शुरुको लागत कम लाग्छ ।

तर, यसको कच्चापदार्थ आयात गर्नुपर्छ । हाइड्रोजन प्रविधिमा आधारित कारखाना खोल्न महंगो परेपनि यसबाट स्वदेशी वस्तु नै प्रयोग गरी मल उत्पादन गर्न सम्भव हुन्छ । यसमा विजुलीको प्रयोग अत्यधिक हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here