विजय सुब्बालाई भारी बनेकी सीता गुरुङलाई चुनाव जित्न कति सहज ?

काठमाडौं । खोसिएको प्रजातन्त्र र बहुदलप्राप्तिपश्चात् ०४८ सालमा आम चुनाव भयो । नेपाली कांग्रेस प्रति लहर देखियो । तर, पूर्वी पहाडी जिल्ला तेह्रथुममा कांग्रेस पराजित भयो । नेकपा (एमाले)का उमेदवार डा. विजय सुब्बा विजयी भए । उनले सानदार जित निकाले ।

०५६ सालको निर्वाचनमा पनि कांग्रेसले बहुमत ल्यायो । पुनः तेह्रथुममा कांग्रेस निरीह बन्यो । उनै सुब्बा सांसद बने । कांग्रेस प्रतिलहर उर्लंदा समेत जितेका सुब्बाले ०४८ र ०५६ पछि प्रत्यक्षतर्फ टिकट पाएनन् । समानुपातिक तर्फबाट संविधान सभा सदस्य बने ।

सुब्बा अहिले फेरि प्रत्यक्षतर्फ मैदानमा छन् । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । उनको प्रतिस्पर्धीका रूपमा नेपाली कांग्रेसकी सीता गुरुङ छिन् । टिकट पाएसँगै आफ्नो निर्वाचन क्षेत्र तेह्रथुम पुगेकी गुरुङ प्रचारप्रसारमा व्यस्त रहेकी बताउँछिन् । आफूले चुनावजित्नेमाउनी ढुक्क छिन् ।

४६ वर्षीया गुरुङलाई नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को पनि साथ रहनेछ । एमालेबाट निर्वाचनमाहोमिएका ६४ वर्षीय सुब्बालाई पनिजनता समाजवादी पार्टी (जसपा)लगायतदलको साथ धेरै महत्त्वपूर्ण छ । प्रदेश नम्बर–१ को पहाडी जिल्ला तेह्रथुम गुराँसको राजधानीका रूपमा परिचित छ । विगतमा तेह्रथुमलाई वामपन्थीहरूको किल्ला मानिन्थ्यो ।

वि.सं. २०१५ सालमाकांग्रेसका तेजमानतुम्बाहाम्फेले चुनावजितेकाथिए । त्यो जितलाई फर्काउनकांग्रेसलाई पाँचदशकअर्थात् ४९ वर्ष लागेको थियो । ०६४ मातुलसी सुब्बाले कांग्रेस विरासत फर्काएका थिए । ०५६ मा राप्रपा छोडेर स्वतन्त्र उमेदवार बनेका तुलसीले १२ हजार मत ल्याएका थिए । त्यो निर्वाचन पश्चात् कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले उनलाई कांग्रेसमा भित्र्याए । उनैले ४९ वर्षपछि तेह्रथुममाकांग्रेसलाई जिताए । पहिलो संविधानसभानिर्वाचनमा तेह्रथुमबाट कांग्रेसकातुलसीप्रत्यक्ष र सीता गुरुङ समानुपातिकमार्फत सांसद भए ।

विद्यार्थी राजनीतिबाट उदाएकी सीता दुवैपटक संविधानसभा सदस्य बनिन् । ०६४ मागुमाएको जिल्ला एमालेले ०७० मा फर्काउँदा पनि उनको संसद् भवनको यात्रा रोकिएन । ०६४ को हारको बदलालिँदै ०७० माएमालेका भवानी खापुङले चुनाव जिते । त्यति बेलापनि सीता कांग्रेसबाट समानुपातिक मार्फत सांसद बनिन् ।

०७४ मापनिखापुङले जिते । एमालेले माओवादी केन्द्रसँगतालमेल गरेको थियो । कांग्रेसले त्यति बेला सीतालाई प्रत्यक्षतर्फको उमेदवार बनायो । तर, उनी पराजित भइन् । खसेको ४४ हजार २०१ मध्ये खापुङले ५०.४४ प्रतिशत अर्थात् २१ हजार ३३५ मत ल्याएका थिए । पराजित गुरुङले ४५.६६ अर्थात् १९ हजार ३१४ मत पाएकी थिइन् । ०७४ माएमालेका विजयी सुब्बा समानुपातिक तर्फबाट सांसद बने ।

समीकरणमा गठबन्धन अगाडि

०७४ को निर्वाचनमा यहाँ कुल मतदाताको संख्या ६६ हजार ६६७ थियो । अहिले त्यो संख्या बढेर ७१ हजार ९३३ पुगेको छ । चुनावी समीकरण पनि ०७४ को जस्तो छैन । एमाले–माओवादीबीच तालमेल छैन । एमाले एकढिक्का पनि छैन । दुईपटक निर्वाचन जितेका खापुङ अहिले एमालेमा छैनन् । उनी एमाले विभाजन भएर बनेको दल नेकपा (एकीकृत समाजवादी)मा छन् । जिल्ला राजनीतिमा पनि उनलाई कमजोर मानिन्छ । उनले एमाले छाडेबापत स्वास्थ्यमन्त्री बन्ने सौभाग्य पाए ।

गएको स्थानीयतह निर्वाचनमा ६ मध्ये तीनपालिका कांग्रेसले जित्यो । कांग्रेस त्यस्तै वर्चस्व आसन्न निर्वाचनमा कायम गर्न चाहन्छ । ०७४ मापाँच स्थानीयतह जितेको एमाले विभाजनको संकट र सत्ता गठबन्धनका कारण अहिले तीन स्थानीयतहमा खुम्चिएको छ ।

“एमाले पटक–पटक जित्दाजनताले कति विकासको अनुभूति गरे, त्यो देखिएको विषयहो । जनताको दुःख र विकास निर्माणको कार्यमा एमाले चुक्यो । वाम गठबन्धन भनेर भोट मागियो, तर जनतलाई पानी समेत खुवाउन सकेनन्,”कांग्रेस उमेदवार गुरुङले बाह्रखरीसँगभनिन्, “अघिल्लोपटक ठूलो मार्जिनले चुनावहारेको होइन । यसपटक त गठबन्धन पनि छ । त्यसमापनिजनताको उत्साह छ । जनताले माया, सद्भावदिनुभएको छ । म चुनावजित्नेमा ढुक्क छु ।”

गएको स्थानीयतह निर्वाचनमा वडाध्यक्षका उमेदवारहरूले पाएको मतका आधारमा यहाँ गठबन्धन बलियो देखिन्छ । त्यति बेला एमालेका वडाध्यक्षका उमेदवारहरूले २२ हजार ३१८ मतपाएका थिए । कांग्रेसका वडाध्यक्षका उमेदवारहरूले २३ हजार ६७७ मतल्याएका थिए । माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत दलका वडाध्यक्षका उमेदवारहरूले दुई हजारको हाराहारीमा मत पाएका थिए ।

पार्टीविभाजनको असर, खापुङको बहिर्गमन तथा टिकट वितरणमा असन्तुष्टि देखिएकाले एमाले भित्रभय छ । सुब्बाआफैँ पनि ०६९ माएमाले छोडेर अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीमा लागेका थिए । उनी ०७१ मा एमालेमा फर्किएका हुन् । त्यसपछि नेता सुवास नेम्वाङको निकट हुँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र बन्न पुगे । उनै उमेदवार सुब्बा अहिले विजयी हुनेमा विश्वस्त छन् ।

‘चुनाव मैले नै जित्ने हो । मतदाताको प्रतिक्रिया राम्रो छ ।जित्ने आधारहरूप्रशस्त छन् । पार्टीभित्रएकमना र एकताको विकास हुँदै छ । पार्टी सचेत भयो भने जित सुनश्चित छ,’ सुब्बाले भने, ‘गठबन्धन आफैँमाकमजोर छ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एस)को संख्या सानो छ । गठबन्धनमामतदाता सन्तुष्ट छैनन् । त्यसैले निर्वाचनजित्न सहज छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here