Tag: कोरोनाभाइरस

कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम कोषमा एलपी ग्याँस उद्योग संघको १५ लाख

नेपाल एलपी ग्याँस उद्योग संघले सरकारले स्थापना गरेको कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम कोषमा रु. १५ लाख आर्थिक सहयोग गरेको छ ।

भारतमा महिनाभर एउटा पनि कार बिकेन, अझै तीन महिना स्थिति उस्तै...

अप्रिल महिना सकिन चार दिन बाँकी रहँदासम्म भारतमा एउटा पनि कार बिक्री भएको छैन भने सम्पूर्ण अटोमोबाइल उद्योग, डिलर तथा बिक्री केन्द्रहरु बन्द रहेका छन् ।

लेखा समितिले ओम्नीसँगको खरीद प्रक्रियाको छानविन गर्ने, स्वास्थ्य मन्त्रालयसँग कागजात मागियो

कोरोनाभाइरसको रोकथाम तथा उपचारका लागि आवश्यक स्वास्थ्य सामग्री खरीदको ठेक्कामा भएको भ्रष्टाचारको अध्ययन गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कागजात मागेको छ ।

कोरोनाभाइरसबाट विश्वभर ४९ नेपालीको मृत्यु, १ हजार ८ सय जनामा संक्रमण

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ३३, अमेरिका १०, युएई २, आयरल्याण्ड १, जापान १, टर्कि १ र नेदरल्याण्डमा १, जनाको ज्यान गएको हो ।

पवनकलीले बालबालिकासँग कुरा गर्ने, आइतबारदेखि प्रशारण शुरु हुँदै

कार्यक्रम युट्युब र रेडियो माध्यममा आधारित रही उत्पादन र प्रशारण गरिनेछ । 'पवनकली सो’ कार्यक्रम भोलि १४ वैशाखदेखि हरेक आईतबार बिहान ७ः१५ देखि ७ः३० सम्म सामुदायिक सूचना नेटवर्क (सिआईएन) मार्फत् देशैभरिका सामुदायिक रेडियोहरु, युट्युब र सामाजिक सञ्जालहरुबाट प्रशारण हुनेछ ।

साझा पार्टी भन्छः अध्यादेश, अधिनायकवादको स्पष्ट आकांक्षा

‘झण्डै दुईतिहाई जनमत पाएर शासन गरिरहेको सरकारले गत दुई वर्षभन्दा बढी समयमा जनतालाई काण्डैकाण्डको ठेली दिएर आम विश्वास गुमाएपछि, आफूलाई सत्तामा कायम राख्न प्रधानमन्त्रीमा स्पष्टतः निरंकुश, व्यक्तिवादी सोच हावि भएको देखिन्छ,’ उसले भनेको छ ।

अलपत्र नेपालीलाई फर्काउन एनआरएनएले पहल गर्ने, दोस्रो चरणको सामान सोमबार आउने

विदेशमा अलपत्र परेका नेपालीहरुलाई तत्काल नेपाल फर्काउन गैर आवासीय नेपाली संघ (एनआरएनए)ले पहल गर्ने भएको छ । खाडीमा श्रम गरिरहेका नेपालीहरु बिचल्लीमा परेका खबरहरु आईरहेको बेला संघले घर फर्काउने रणनीति तय गर्दै पहल थालेको उसले बताएको छ ।

कोरोनाबाट मृत्यु भए परिवारलाई २ लाख दिने लगानी कोषको घोषणा

नागरिक लगानी कोषले आफ्ना सेवाग्राहीको कोरोनाभाइरस (कोभिड–१९) का कारण मृत्यु भएमा परिवारलाई २ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

कोरोना राहत कोषमा चाँगुका सहकारीको अढाइ लाख

चाँगुनारायण नगरपालिकाले कोरोना भाइरस (कोभिड—१९) बिरुद्ध लड्नका लागि स्थापना भएको कोरोना व्यवस्थापन तथा नियन्त्रण कोषमा चाँगुनारायण नगरपालिका भित्रका सहकारीहरुले २ लाख ५६ हजार रुपैयाँ सहयोग गरेका छन् ।

कोरोना उपचार कोषमा आइक्यानको १ करोड, लेखा व्यवसायमा परेको असर अध्ययन...

आइक्यानको परिषदले चैत ३० गते कोषमा सो रकम सहयोग गर्ने निर्णय गरेको र सो रकम मंगलबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।