Tag: कोभिड—१९

सीमाभन्दा १० प्रतिशत थप कर्जा दिन महासंघको राष्ट्र बैंकसँग माग

नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसायलाई स्वीकृत सीमाभन्दा बढीमा १० प्रतिशत थप कर्जा दिने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकसँग माग गरेको छ ।

कोरोना रोकथाम तथा उपचार कोष २ अर्ब नजिक, बुधबार मात्रै पौने...

कोभिड–१९ महामारीको रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ अर्ब ८८ करोड जम्मा भएको छ । संघीय सरकारले स्थापना गरेको कोषमा बुधबारसम्म सो रकम जम्मा भएको हो । बुधबार मात्र रु. २ करोड ७१ लाख रुपैयाँ संकलन भएको थियो ।

जोन्टा क्लबले बाँड्यो दैनिक ज्याला मजदुरलाई १ हजार प्याकेट खाद्यान्न

जोन्टा क्लब अफ काडमाडौंले दैनिक ज्याला मजदुरहरुलाई १ हजार प्याकेट खाद्यान्न वितरण गरेको छ । कोभिड—१९ संकटका कारण अप्ठ्यारोमा परेका मजदूरलाई क्लबले चामल, दाल गेडागुडी, खाने तेल, चिउरा, नुन, चिनी र चियापत्ती वितरण गरेको हो ।